मलंगवा-सर्लाहीकाे मलंगवा नगरपालिका स्थित गमहरियामा नापी कार्यालय मलंगवाका कर्मचारी सवार स्कारपियाे दुर्घटनाग्रस्त भएकाे छ ।
साेमवार साझ मलंगवा नगरपालिका-११, स्थित नवलपुर-मलंगवा सडक खण्ड अन्तरगत गमहरियामा नापी कार्यालयका कर्मचारी सवार स्कारपियाे दुर्घटना भएकाे हाे । घटनामा स्कारपियाेमा सवार नापी कार्यालय मलंगवाका प्रमुख संजय मान्नधर सहित १० जना सख्त घाईते भएका प्रहरीले जनाएकाे हाे ।
घाईते हुनेहरूमा नापी कार्यलयका प्रमुख मान्नधर, बैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, विनाेद घिमिरेे, शाहिद अनवर र रामबाबु राय रहेका छन् । घाईते मध्य तीन जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एंव डिएसपी दिपेन्द्र पंजियार थारूले जानकारी दिए ।
डिएसपी थारूका अनुसार घाईतेहरूकाे प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारकाे लागि बिरगंज रेफर गरिएकाे छ । नापीका कर्मचारी सवार बिआर ०६ पिडी ९६४८ नम्बरकाे भारतिय स्कारपियाे जिप साझ मलंगवाबाट नवलपुर तर्फ आउदै गर्दा उखु बाेकेर साेही दिशा तर्फ आउदै गरेकाे ट्रयाकटर पछाडि ठाेक्किएकाे थियाे । दुर्घटनामा परेकाे जिप क्षतिग्रस्त अवस्थामा छ ।
घटनाकाे थप विवरण आउन बाँकी छ ।