मलंगवा–सर्लाहीको मलंगवामा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मलंगवा नगरपालिकाले जितेको छ ।
शनिवार सम्पन्न प्रतियोगिता अन्तरगतको फाईनल खेलमा गोडैता नगरपालिकालाई ५ रनले पराजित गर्दै मलंगवा नगरपालिका विजयी भएको हो । शहिद कप क्रिकेट टुर्नामेन्ट समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता मलंगवा नगरपालिकाले उपाधि सहित नगद एक लाख पुरस्कार प्राप्त गर्यो । भने, उपविजेता बनेको गोडैता नगरपालिकाले ५० हजार नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
टस जितेर ब्याटिङ गरेको मलंगवा नगरपालिकाले २० ओभर खेल्दै १३० रन बनाएको थियो । १३१ रनको विजयी लक्ष्य पच्छाएको गोडैता नगरपालिकाले २० ओभर खेल्दै १२५ रनमात्र जोड्न सफल भयो । उत्कृष्ठ प्रदर्शन गर्न नसकेको गोडैताले उपविजेताको उपाधिमा चित्तबुझाउनु पर्यो । गत पुस ३० गतेबाट सुरु भएको प्रतियोगितामा सर्लाहीका १४ वटा पालिका स्तरिय टिमले सहभागिता जनाएका प्रतियोगिताको सह आयोजक सर्लाही संचार केन्द्र मलंगवाले जनाएको छ ।
यस्तै फाईनल प्रतियोगिताको म्यान अफ दि म्याच मलंगवाका अलि हसनले प्राप्त गरे । यता प्रतियोगिताको विधागत पुरस्कार तर्फ सर्बोत्कृष्ठ ब्याट्स म्यानको उपाधी बरबरियाका रामपृत महतोले जितेका छन् । भने, बेष्ट बलरको उपाधि बलराका नवल किसोर राम, बेष्ट फिल्डरको उपाधि बिष्णु गाउँपालिकाका शाहरुख खान तथा उदियमान खेलाडिको उपाधि मलंगवाका अली हसनले प्राप्त गरेका आयोजकले जनाएको हो ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित सुरु भएको प्रतियोगिता मलंगवा नगरपालिका–१०, स्थित तिनविगे खेलमैदानमा सम्पन्न भएको हो । आयोजक समितिका संयोजक गणेश कुमार यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि मलंगवा नगरपालिकाका मेयर नागेन्द्र यादवले पुरस्कार वितरण गरेका थिए ।