Saturday, May 18, 2024

जनता माध्यमिक बिद्यालय मिलनचोकको व्यवस्थापन समिति गठन

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकमा रहेको जनता माध्यामिक बिद्यालयको नयाँ ब्यवस्थापन समिति गठन भएको छ ।

शनिवार बागमती नगरपालिका–१, मिलनचोक स्थित बिद्यालय प्रांगणमा आयोजित अभिभावक भेलले उमेश कुमार बानियाँको अध्यक्षतामा बिद्यालय ब्यवस्थापन समिति चयन गरेको हो । नगर शिक्षा विभाग संयोजक राजकुमार बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बानियाँको अध्यक्षतामा ९ सदस्य ब्यवस्थापन समिति चयन गरेको हो ।

यस्तै भेलाले अन्य सदस्यहरुमा बिश्व कोईराला, रत्न घलान, शान्ति बम्जन, धनमायाँ आलेलाई चयन गरेको हो । भने, सर्मिला स्यांतान सदस्यमा मनोनित भएकी छिन् । यस्तै पदेन सदस्यमा वडाध्यक्ष गंम्भिर सिंङ पाख्रिन र सदस्य सचिवमा बिद्यालयका प्रधानाध्यापक बिजय कुमार राई रहेका छन् । यस्तै शिक्षक प्रतिनिधिबाट एक जना चुनिन बाँकी रहेको बिद्यालयले जनाएको हो ।

बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भिर सिङ पाख्रिनको अध्यक्षतामा सम्पन्न भेलामा बागमती नगरपालिकाका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, बागमती नगरपालिका–२, र ४ का वडाध्यक्ष क्रमश बाबु बल र कृष्ण कुमार लामा स्थानीय जनप्रतिनिधि लगाएतको आतिथ्यता रहेको बिद्यालयले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles