Saturday, May 18, 2024

जनता नमुना माध्यामिक बिद्यालय ब्यवस्थापन समिति गठन

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित जनता नमुना माध्यामिक बिद्यालय सोल्टीको नयाँ ब्यवस्थापन समिति गठन भएको छ ।

गत शुक्रवार बागमती नगरपालिका–५, स्थित बिद्यालय प्रांगणमा अभिभावक भेला आयोजना भएको थियो । भेलाले अभिभावकको तर्फबाट सर्वसम्मत रुपमा ४ जना सदस्य चयन गरेको थियो । उक्त ४ सदस्य समितिमा कृष्ण बहादुर राई, अनिता मैनाली, रिना पासवान र शेष मोहमद फिरसई चयन भएका हुन् ।

चयन भएका चार सदस्य समितिको बैठकबाट शिक्षा सेवीको तर्फबाट खिलराज पोखरेल(धु्रव) र रेखा खत्तिवडालाई मनोनित गरेको थियो । यो सगैँ पदेन सदस्य सचिवमा बिध्यालयका प्रधानाध्यापक लोकनाथ दहाल र वडाध्यक्ष कृष्ण बहादुर वाईवा रहेका छन् । भने, शिक्षक प्रतिनिधिको तर्फबाट एक जना सदस्य चयन हुन बाँकी रहेको बिद्यालयले जनाएको हो ।

यसरी छनौट भएको ८ सदस्य समितिको बैठकले ब्यवस्थापन समिति सदस्यमा खिलराज पोखरेलृ(ध्रुव) लाई सर्वसम्मत चयन गरेको हो । यस्तै यस कार्यक्रमका विच यस विद्यालयको स्थापनाकालमा योगदान पुर्याउने तथा स्वर्गिय पुर्व ब्यवस्थापन अध्यक्षहरु प्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको बिद्यालयले जनाएको हो ।

गत शुक्रवार भएको अभिभावक भेला मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भने, भेलामा नगरपालिका शिक्षा शाखा संयोजक राजकुमार बिश्वकर्मा, शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्याय, ओम बहादुर कार्की, बागमती नगरपालिका वडा नम्बर ५ देखी १० सम्मका वडाध्यक्षहरु क्रमश कृष्ण बहादुर वाईवा, गोपाल बहादुर थापा, दुर्गा बहादुर हेन्जन, डम्बर बहादुर कार्की, दिनेश राय र जुगैर कादिर, वडासदस्यहरु लागायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles