Saturday, May 18, 2024

कौडेनामा स्कारपियो र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

कौडेना–सर्लाहीको कौडेना स्थित हुलाकी सडक खण्डमा स्कारपियो र मोटरसाईकल ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

सोमबार राती कौडेना गाउँपालिका–३, स्थित हुलाकी सडक खण्डमा भारतिय नम्बरको स्कारपियो र मोटरसाईकल ठोक्किएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवैलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । राति मलङ्गवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियोले र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर नै भएको बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना लगतै प्रहरीले दुवै सवारी नियन्त्रणमा लिएको छ । स्कारपियोका चलक भने फरार रहका र खोजी भइरहेको डीएसपी थारुले जानकारी दिए । फराकिलो र कालोपत्रे भएको हुलाकी सडकमा ट्राफिक नियमको पालन नगरी तिब्र गतीमा सावारी संचालन गर्ने प्रबृतिका कारण दुर्घटना बढेको प्रहरी अधिकारीहरुको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles