बागमती–सर्लाही प्रहरीले किराना पसलबाट गाँजा बेच्ने एक महिला सहित लागु औषध कसुरमा ४ जनालाई पक्राउ गरेको छ ।
आईतवार हरिवन र बागमती नगरपालिका क्षेत्रबाट अबैध लागु औषध गाँजा बिक्री तथा ओसारपसारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हरिवन नगरपालिका–१०, निवासी ५३ बर्षिया फुलमाया घिसिङलाई गाँजा बेचेको आरोपमा पक्राउ गरेको छ । घिसिङले आफ्नै घरमा संचालन गरेको किराना पसलबाट लागु औषध गाँजा बिक्री वितरण गर्ने गरेको पाहिएको हो ।
सुराकीको आधारमा खान तलासी गर्न पुगेको ईलाका प्रहरी कार्यलय हरिवनको टोलीले घिसिङले संचालन गरेको किराना पसलबाट ४३ वटा पुरिया र प्लास्टिकको पोकामा लुकाई छिपाई राखेको ३३५ ग्राम गाँजा र ३ लाख ७९ हजार ३ सय २५ रुपैसा नगद समेत बरामद् गरेको थियो । घिसिङलाई हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै सर्लाहीको बागमती नगरपालिका स्थित क्षेत्रीय बाटोबाट लागु औषध गाजाँ सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा बागमती नगरपालिका–१२, स्थित भित्री सडक खण्डमा लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षका निसान घिसिङ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६, बस्ने १८ बर्षका मानव मोक्तान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पुतली चोकबाट बथनिया जाने सडकमा उनीहरु सवार प्रदेश २–०४–००१ प ९५६२ नम्बरको मोटरसाईकल रोकेर खानतलासी गरेको थियो । सोही क्रममा उनीहरुले बोकेको झोलामा प्लास्टिकको डोरीले बेरेको ५ किलो २१० ग्राम गाँजा फेला परेको ईलाका पहरी कार्यलय कर्मैयाले जनाएको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले हरिहरपुरगढी गाँउपालिका–४, का १९ बर्षका रुपेश लामालाई समेत पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
उनीहरु सवार मोटरसाईकल पनि नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख अनिल राज गिरिले जानकारी दिए ।