Friday, January 24, 2025

आन्तिरिक पर्यटन प्रवर्धनका लागि लालबन्दी नगरपालिकाको पदयात्रा

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिकाले पर्यटन प्रर्वद्धन पदयात्रा २०८० आयोजना गरेको छ ।

शनिवार नगर भित्रका धार्मिक, सास्कृतिक, पुरातात्विक, व्यवासयिक पर्यटनको सम्भाब्यता पहिचानको उद्देश्य सहित पदयात्रा आयोजना गरिएको नगरपालिकाले जनाएको हो । पदयात्रा लालबन्दी नगरपालिका–१३, नारायणडाँडा भ्युटावरबाट सुरुभई कर्मडण्डी, बाहुनेडाँडा, अर्नेडाँडा हुदै कालिन्जोर खोलामा पुगेर टुंगिएको थियो ।

नगरको चुरे श्रृंखलामा गरिएको पदयात्राले स्थानीयमा उत्साह समेत थपेको नगरकार्य पालिकाका प्रवक्ता समेत रहेका लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गणेश थापाले जानकारी दिए । यस्ता यात्राले नगर क्षेत्रमा प्रचार प्रशारको अभावमा गुमनाम रहेका पर्यटकिय क्षेत्रको उजागर गर्न समेत मद्दत पुग्ने नगरका मेयर बाशुदेव अधिकारीले बताए ।

पदयात्रामा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समिति सभापती कौशल किसोर सिंह, उपमेयर कल्पनामाया पाख्रिन लगाएतका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिल्लाका चारवटै सुरक्षा निकाय प्रमुख, विभिन्न कार्यलयका प्रमुख स्थानीय राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगाएतको सहभागिता रहेको नगरपालिका कार्यलयले जनाएको हो ।

यस पालिकाको दुर्गम मानिने चुरे क्षेत्रका नागरिकको जिवन स्तर उकास्नका लागि गर्न सकिने विभिन्न गतिविधिको सम्भाब्यता अध्यन समेत पदयात्राको उद्देश्य रहेको नगरका प्रशासकिय प्रमुख बसन्त न्यौपानेले जानकारी दिए । पदयात्रा कार्यक्रम भर्खरै सम्पन्न ११ औँ नगर सभाबाट निर्णय भएको थियो । पदयात्रामा सहभागि टोलीले लालबन्दी नगरपालिका–१६, परवानिपुरमा निर्माण हुनलागेको कृषि क्याम्पसको जग्गाको समेत निरिक्षण गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles