Friday, January 24, 2025

आड्राको विभिन्न परियोजनाको अनुगमन

ताजा / भरखरै प्राप्त

सर्लाही–आड्राद्वारा मधेश प्रदेशमा संचालित विभिन्न परियोजनाको अनुगमन गरिएको छ ।

मधेश प्रदेशमा आड्रा संस्थाले स्वास्थ्य तथा जीविकोपार्जनका क्षेत्रमा संचालन गरेको विभिन्न परियोजनाहरुको अनुगमन तथा मुल्यांकनका गरिएको हो । अनुगमनको लागि आड्राका क्षेत्रीय कार्यालय–एसिया (ब्च्इ) का निर्देशक सहितको टोलीले मधेश प्रदेशका विभिन्न स्थानहरुमा भ्रमण गरेको छ ।

अनुगमनको क्रममा महोत्तरीको एकडारा गाउँपालिकासंगको समन्वयमा आड्रा नेपाल र बागमती सेवा समाज नेपालले संचालन गरेको दुई दिने बृहत प्रजनन स्वास्थ्य शिविरको समेत टोलीले अनुगमन गरेको थियो । स्वास्थ्य सेवाको पहुँचमा देखिएको खाडल केहि हद सम्म कमगर्न बिशेषज्ञ सेवा सहितको शिविर संचालन गरिएको बागमती सेवा समाजका प्रमेश बादेले जानकारी दिए ।

शिविरमा सम्पूर्ण सेवाहरु निशुल्क प्रदान गरिएको बागमती सेवा समाज नेपाल हरिवनले जनाएको हो । शिविरको पहिलो दिनमा ३०१ जना सेवाग्राहीले सेवा लिएका थिए । शिविरमा पाठेघर खस्ने समस्याको जाँच, पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच, गर्भवती तथा सुत्केरी महिलाको जाँच, यौन रोगको जाँच, परिवार योजना सेवा तथा मनोपरामर्स सेवा समेत प्रदान गरिएको आयोजकले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles