हरिवन– प्रहरीले हरिवनबाट बरामद गरेको नक्कली नोट एक सय ७२ थान रहेको पुष्टि भएको छ ।
२५ वटा बण्डलमा एक हजार दरका १ सय ७२ थान अर्थान एक लाख ७२ हजार बराबरको नक्कली नोट रहेको प्रहरीले पुष्टि गरेको हो । उक्त नक्कली नोट सगँ पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका–७, बस्ने २३ बर्षका अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका–२, बस्ने ३६ बर्षका संजय सहनी रहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो ।
प्रहरीले उनीहरु सवार रहेको प्रदेश २–२७ प ४२५६ र बिआर ३० एसि ८३१८ भारतिय नम्बर प्लेट भएको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजना एउटै घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धान बाट खुल्नआएको प्रहरीले जनाएको हो । उनीहरुको साथबाट विभिन्न दरका ७ सय ६० रुपैया नेपाली रुपैया समेत बरामद भएको छ ।
उनीहरुले बोकेको झोलाबाट ८ ग्राम ८०० मिलिग्राम गाँजा समेत बरामद भएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्रहरी निरिक्षक अनिल राज गिरिले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको ब्यागबाट फेला परेको प्लास्टीक टेपले बेरेको नक्कली पैसाको बण्डलमा केहीमा तल र माथि नक्कल नोट र बिच भागमा सोही आकारको सादा पेपर तथा केही बण्डलको तल र माथि नक्कली नोट र बिच भागमा टेस्टि बिस्किटको प्याकेर २० वटा फेला परेको थियो ।
पक्राउ परेका दुवै जना बिरुद्ध थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।