Saturday, May 18, 2024

अनियन्त्रित मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बगमतीमा भएको अनियन्त्रीत मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, एक जना घाईते भएका छन् ।

शनिवार साझ बागमती नगरपालिका–१२, भरतताल नजिकै मधेश प्रदेश ०३–२५ प ५९२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकलको पछाडि सवार बरहथवा नगरपालिका–७, की १९ बर्षिया अस्मिता रायको ज्यान गएको हो । दुर्घटनामा परेर गम्भिर घाईते भएकी रायको स्थानीय बागमती मोडल अस्पतालमा उपचार पछि चन्द्रपुर अस्पताल रौतहट पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक बरहथवा नगरपालिका–७, निवासी २६ बर्षिय मुन्ना यादव समेत सामान्य घाईते भएका छन् । उन्लाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न मोटरसाईकल समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्ररही निरिक्षक अनिलराज गिरीले जानकारी दिए । प्रहरीले मोटरसाईकल धनि २१ बर्षका शिद्धान्त कुमार शर्मालाई समेत नियन्त्रणमा लिएको छ ।

उनीहरु भरत ताल घुमेर फर्कने क्रमामा दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles