Wednesday, February 21, 2024

८ एम एमको गोली सहित बस चालक पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–ईलाका प्रहरी कार्यलय हरिवन सर्लाहीले ८ एम एमको गोली सहित बस चालकलाई पक्राउ गरेको छ ।

आईतवार हरिवन नगरपालिका–४, सासापुर नजिकैबाट ८ एम एमको एक थान गोली सहित बस चालक रामेछापको मन्थली–६ घरभई बरहथवा–१, अन्दाजी ४५ बर्षका मिन कुमार नेवारलाई प्रहरीले पक्राउ गरेको हो । आईतवार बिहान बिरगंजबाट जनकपुर तर्फ जादैगरेको ना ५ ख ७९३ नम्बरको यात्रु वाहक सोही दिशा तर्फ जादैगरेको सवारीलाई उच्छिन्ने क्रममा सडकबाट तल खसेको थियो ।

घटनामा संलग्न चालक नेवारको सरिर खानतलासिका क्रममा उन्ले लगाएको ज्याकेटको गोजीबाट ८ एम एम केएफ लेखेको गोली फेला परेको ईलाका प्रहरी कार्यलय हरिवनका ईन्सपेक्टर अनिल गिरीले जानकारी दिए । प्रहरीले उन्लाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उक्त गोली कहाँ र के प्रयोजनका लागि बोकिएको हो ? भन्ने खुल्नबाँकी रहेको प्रहरीले उल्लेख गरेको छ ।

यस्तै दुर्घटनामा सामान्य घाईते भएका सम्पुर्ण यात्रुहरुलाई अर्को सवारी मार्फत गन्तब्य तर्फ पठाईएको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles