लालबन्दी–सर्लाही २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरिएको छ ।
मंगलवार २३ औँ सशस्त्र प्रहरी दिवसरमा अवसर पारेर लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्यम भुवनेश्वरी नमुना बृद्धा सेवा आश्रममा फलफुल वितरण गरिएको हो । दिवसको अवसरमा भएको सप्ताहब्यापी कार्यक्रम अन्तरगत जेष्ठ नागरिको सम्मानको लागि फलफुल वितरण गरिएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका गणपती सशस्त्र पहरी उपरिक्षक तुल बहादुर भण्डारीले जानकारी दिए ।
दिवसको अवसरमा यस पहिला जिल्ला भरका मन्दिर तथा धार्मिक स्थलहरुमा सरसफाई, लागु औषध एवं अन्य दुब्र्यसनी रोकथामका लागि नागरिक सचेतना अभियान, सिमावासीहरु सगँ सशस्त्र प्रहरी सम्बन्धी अन्तरकृया र भारतिय समकक्षी सिमा सशस्त्र प्रहरी बल र एपिएफ विच मैत्री पुर्ण खेल समेत आयोजना गरिएको गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक उद्धव वनले जानकारी दिए ।
फलफुल वितरणको लागि सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका गणपती सशस्त्र पहरी उपरिक्षक भण्डारीको टोली आश्रम पुगेका थिए । फलफुल वितरण कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरिक्षक गोपी कृष्ण भट्टराई र उद्धव वन, सशस्त्र प्रहरी निरिक्षक होमनाथ नेपाल र रुपचन्द्र थापा लगाएतको उपस्थिती रहेको आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन् ।
यस आश्रममा जेष्ठ नागरिक, बालबालिका लगाएर गरी ५५ जनाको हारहारीमा आश्रित रहेका आश्रमले जनाएको हो । सशस्त्र प्रहरीको बार्षिक उत्सवको अवसरमा आश्रममा आश्रित परिवारलाई फलफुल वितरण गरिदिएको भन्दै आश्रम परिवारले धन्यवाद समेत ज्ञापन गरेका छन् ।