Monday, October 7, 2024

सर्लाहीबाट ‘ताम्सालिङ जागरण अभियान’ सुरु

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाही जिल्लाबाट ‘ताम्सालिङ जागरण अभियान’ सुरु गरिएको छ ।

बुधबार सर्लाहीको हरिवनमा एक औपचारिक कार्यक्रमका विच ‘ताम्सालिङ जागरण अभियान’ मधेश प्रदेश सुरु गरिएको हो । ‘ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौँ’ भन्ने नारा सहित तामाङ र ताम्सालिङ निर्माण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नेपाल तामाङ घेदुङ सर्लाहीले जनाएको हो ।

नगर तामाङ घेदुङ हरिवनको व्यवस्थापनमा ताम्सालिङ जागरण अभियान अन्तर्गत पहिलो चरणको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् घेदुङ संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण प्रदान गरे । गोलेले प्रशिक्षणको क्रममा ताम्सालिङको आवश्यकता, औचित्य, अवधारणा, आगामी कार्ययोजना र उद्देश्य माथि प्रष्ट्याए ।

बर्तमान सत्ता ब्यवस्थाबाट तामाङ जनताको पहिचान, प्रतिनिधित्व र पहुँच सम्भव नभएको उनीहरुको दावी छ । ताम्सालिङ घोषणा नै राष्ट्रिय मुक्तिको एकमात्र विकल्प रहेको कुरालाई जोड दिँदै प्रशिक्षक गोलेले सबैलाई ताम्सालिङ अभियानमा जुट्न आव्हान समेत गरे । कार्यक्रममा ताम्सालिङ संयुक्त संघर्ष समितिका सचिवालय सदस्य बाबुराम लोप्चन, घेदुङका मधेस प्रदेश अध्यक्ष यम लाल गोले, संघीय सदस्यहरु जयमान पाख्रिन, निशा मोक्तान, पाल्साङ योन्जन लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै प्रदेश उपाध्यक्ष संजीव मोक्तान, एकीकृत समाजवादी पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामा, बागमती नगरपालिकाकी उप–प्रमुख लिला कुमारी मोक्तान, हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलान, बागमती नगरपालिका २ र ७ का वडा अध्यक्ष क्रमश टेक बहादुर बल र दुर्गा लामा, हरिवन नगरपालिका २ र ३ का वडा अध्यक्ष क्रमश अर्जुन योञ्जन र दिपमान लोप्चन, कार्यपालिका सदस्य चिनीमाया सिङ्तान, माओवादी केन्द्रकी नेतृ पद्मा दोङ, नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बोम्जन, धनुषा, महोत्तरी, सर्लाही र रौतहटबाट उपस्थित घेदुङका विभिन्न तहका अभियन्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।

घेदुङ अध्यक्ष बुद्ध लामाले अध्यक्षता गरेको कार्यक्रममा संघीय सदस्य जयमान पाख्रिनले स्वागत मन्तव्य राखेका थिए भने हरिवन नगर अध्यक्ष राजु लोले कार्यक्रम सञ्चालन गरेका थिए । अभियान अन्तर्गत बिहीबार रौतहटको चन्द्रपुरमा कार्यक्रम रहेको घेदुङले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles