रौतहटको चन्द्रपुर नगरपालिका निवासी एक युवा व्यवसायी जन्मदिनको अवसरमा विपन्न छात्रालाई सहयोग गरेका छन् ।
बुधवार चन्द्रपुर नगरपालिका–१, पौराई निवासी युवा ब्यवसायी गौतम खड्काले जन्मदिनको अवसरमा विपन्न परिवारकी छात्रालाई शैक्षिक सामाग्री तथा शैक्षिक खर्च दिएका हुन् । खड्काले पौराई स्थित श्री जनता आधारभुत बिद्यालयमा कक्षा ६ मा अध्ययनरत कल्पना कुमारी यादवलाई सहयोग गरेका हुन् । आर्थिक अभावले छात्राको पठनपाठनमा समस्या नहोस भन्ने उध्यश्य सहित सहयोग गरिएको उन्ले बताए ।
सर्लाहीको कविलासी नगरपालिका–५, ठेगाना भएकी यादवको सानै आमा वुवाको देहान्त पछि हाल पौराई स्थित मामा घरमा बसेर अध्ययन गरिरहेकी छिन् । उनी अत्यन्त जेहन्दार छात्रा रहेकी बिद्यालयले जनाएको छ । यसरी विभिन्न अवसर तथा हामीले मनाउने चाडवाडमा हुने खर्चबाट थोरै थोरैमात्र पनि जोगाएर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हो, भने मात्र पनि समाजमा ठुलो योगदान पुग्ने खड्काको भनाई छ ।
व्यवसायी खड्का बागमती ईन्टरटेन्मेन्ट प्रालीका अध्यक्ष हुन् । यस कम्पनीले बागमती नगरपालिकामा रहेको भरत तालमा जेटबोट, मोटरबोट, स्काई साईकिलिङ लगाएतका मनोरन्जनकाको उपकरणहरु संचालन गरिरहेको छ । खड्का लामो समयदेखि नेकपा माओवादी केन्द्र मार्फत राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत सकृय रहदै आएका छन् ।