Wednesday, February 21, 2024

मोटरसाइकल दुर्घटनामा चालक घाईते

ताजा / भरखरै प्राप्त

जितेश कुमार यादव, बलरा–सर्लाहीको बलरा नगरपालिका स्थित सुदामामा मोटरसाईकल दुर्घटना हुदा एक जना घाईते भएका छन् ।

बिहिवार बलरा नगरपालिका–१०, सुदामामा मोटरसाईकल दुर्घटनाहुदा एक जना घाईते भएका हुन् । घाईते नाम/थर, ठेगाना खुल्न बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ । बिहान तिब्र गतिमा रहेको भारतिय नम्बर प्लेट रहेको बिआर ३० एडी ७२१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जिल्लाको दक्षिण क्षेत्रबाट उत्तर तर्फ आउदै गरेको मोटरसाइकल सुदामा ब्यारेज नजिक दुर्घटना भएको प्रहरीले जनाएको हो । दुर्घटनामा गम्भिर घाईते भएका चालकलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय गडहिया डुमरियाले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles