Monday, December 2, 2024

मलंगवामा हृदय रोग तथा मधुमेह सम्बन्धी शिविर सुरु

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाहीको मलंगवामा हृदय रोग तथा मधुमेह सम्बन्धी दुई दिने निशुल्क शिविर सुरु भएको छ ।

शुक्रवार शिविरको एक औपचारिक कार्यक्रमका बिच मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले उद्घाटन गरेका थिए । मलंगलवा नगरपालिका कार्यलय स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, जनकपुरधामको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको हो ।

शुक्रवार र शनिवार दुई दिन सम्म चल्ने शिविरमा मुटु तथा मधुमेह, नाक, कान र घाटी रोगको निशुल्क चेक जाँच तथा उपचार हुने भएको छ । मलंगवा नगरपालिका–२, स्थित पब्लिक माध्यामिक बिद्यालय प्रांगणमा संचालन भएको शिविरमा मुटु तथा मधुमेह रोग बिषेशज्ञ डाक्टर राजेश कुमार साह र सितेश कुमार गोईतले स्वास्थ्य सेवा दिने भएका छन् ।

यस्तै नाक, कान तथा घाटी सम्बन्धी समस्या भएका बिमारीहरुलाई बिशेषज्ञ डाक्टर ऋषीराज साहले सोवा प्रदान गर्ने आयोजक मलंगवा नगरपालिकाले जनाएको हो । कार्यक्रममा सम्बोधन गर्दै शिविरमा उपस्थित भई निशुल्क स्वास्थ्य सेवा लिन मेयर यादवले नगरवासीमा आग्रह समेत गरे ।

शिविर उद्घाटन कार्यक्रममा मलंगवा नगरपालिका–२, का वडाध्यक्ष धिरेद्र साह, विभिन्न संघ संस्थामा प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles