Thursday, June 13, 2024

मनोकामना बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ चयन

ताजा / भरखरै प्राप्त

हरिवन – सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्थाको अध्यक्षमा पुनः शम्भुलाल श्रेष्ठ चयन भएका छन् ।

हरिवन नगरपालिका–११ मा रहेको यस मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाको शनिवार १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल)को प्रमुख आतिथ्यतामा सम्पन्न सभाले निवर्तमान अध्यक्ष श्रेष्ठमकै अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिए ।

संस्थाले हरिवन नगरपालिका–१, भोक्टेनीमा संचालन गरेको मनोकामना आवासिय विद्यालय प्रांगणमा साधारण सभा सम्पन्न गरेको थियो । यस्तै समितिको उपाध्यक्षमा कृष्ण ओमपोते, सदस्यहरुमा डुकु प्रसाद कोइराला, शेषराज उप्रेती, सीता थापा, रेणु श्रेष्ठ, मैनाकुमारी लुंगेली, किशोर बराईली र मेघराज अधिकारी चयन भएका छन् । भने, संस्थाको संस्थाको लेखा समिति संयोजकमा रुद्रबहादुर श्रेष्ठ र सदस्यहरुमा लक्ष्मी श्रेष्ठ र अनिल हमाल चयन भए ।

यसैविच मेघराज अधिकारी संयोजक, रमेश चौलागाई र विनोद महत सदस्य रहेको ऋण उपसमिति चयन भएको छ । साधारण सभामा संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६१ लाख मुनाफा आर्जन गरेकामा शेयर सदस्यलाई १५ प्रतिसतका दरले शेयर लाभांश वितरण गर्ने घोषणा गरेको जनाएको छ । सभामा संस्थाले उत्कृष्ट बचतकर्ता, ऋणी, कर्मचारीलगायतलाई सम्मान गरेको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिए ।

सभामा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, विभिन्न वित्तिय संघ संस्था तथा अन्य कार्यलयका प्रमुख एवं प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।

सोही कार्यक्रमका विच संस्थाले मनोकामना पत्रकारिता पुरस्कारबाट उज्यालो अभियान दैनिकका सम्पादक अच्युतम सापकोटालाई सम्मानित गरेको छ । संस्थाले पत्रकार सापकोटालाई नगद ५ हजार र सम्मान पत्र सहित सम्मानित गरिएको जनाएको हो । संस्थाले मनोकामना पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने समेत जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles