Monday, September 9, 2024

बामतीमा साप्ताहिक फुटवल क्लिनिक सुरु

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा साप्ताहिक फुटवल क्लिनिक सुरु भएको छ ।

शुक्रवार एक कार्यक्रममा विच बागमती यूवमा क्लवको खेलमैदानमा फुटवल क्लिनिक सुरु गरिएको हो । क्लिनिक अन्तरगत यस क्षेत्रका ८ देखी १३ बर्ष उमेर समुहका ८० जना बालबालिकाहरुलाई फुटवल प्रशिक्षण सुरुर गरिएको बागमती नगर खेलकुद समिति संयोजक सागर मैनालीले जानकारी दिए ।

कार्यक्रमबारे प्रष्ट्याउदे एन्फाका ग्रासरुट कार्यक्रमका पंकज शाहीले बालबालिकाको प्रशिक्षणको लागि एक साता सम्म ४ जना प्रशिक्षक परिचालन गरिने बताए । सहभागि बालबालिकाले दैनिक केही रकम डाईटको रुपमा प्राप्त गर्ने उन्को भनाई छ । बालबालिकालाई सानै देखी खेल क्षेत्रमा प्रोत्साहन गर्ने उद्येश्यसहित कार्यक्रम संचालन गरिएको उन्को भनाई थियो ।

सोही कार्यक्रमका विच बिद्यालयका बालबालिकाका लागि खेल सामाग्री समेत वितरण गरिएको एन्फाले जनाएको हो । एफसी फुटवल एसोसिएसनको लगानी तथा एन्फाको संयोजनमा कार्यक्रम संचालन भएको हो । बागमती स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजित कार्यक्रम बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एन्फाका उपाध्यक्ष दावा लामा, बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, बागमती–११, का वडाध्यक्ष प्रदिप आचार्य, श्री ५ महेन्द्र जनता माध्यमिक बिद्यालय कर्मैयाका प्रधानाध्यापक नव किरण श्रेष्ठ, ईलाका प्रहरी कर्मैयाका बरिष्ठ सई नारायण प्रसाद दहाल, एन्फाका पंकज शाही लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागिलाई स्वागत गर्दै बागमती यूवा क्लवका अध्यक्ष किष्मत राज मैनालीले एएफसी तथा एन्फालाई धन्यवाद ज्ञापन गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles