Monday, September 9, 2024

बागमती यूवाक्लवका खेलाडिलाई राइटलेनको जर्सी र ज्याकेट

ताजा / भरखरै प्राप्त

बागमती–राइटलेन एजुकेसनल कन्सलटेन्सीले बागमती युवा क्लवका खोलाडिहरुलाई जर्सी, ज्याकेट लगाएतको सामाग्री हस्तान्तरण गरेको छ ।

आईतवार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा एक औपचारिक कार्यक्रमका विच सामाग्री हस्तान्तरण गरिएको कन्सलटेन्सीका प्रमुख सागर मैनालीले जानकारी दिए । कन्सलटेन्सीले क्लवका खेलाडिहरुलाई जाडोमा लगाउने न्यानो ज्याकेट तथा गुणस्तरीय जर्सी समेत वितरण गरेको थियो ।

वितरण कार्यक्रम मधेश प्रदेशका सांसद जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, क्लवका पुर्व अध्यक्ष नविन काफ्ले बागमती–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, क्लवका उपाध्यक्ष राम कुमार थापा लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालक एवं क्लवका सचिव कुमार प्रदानले जानकारी दिए ।

खोलाडिहरुलाई न्यानो ज्याकेट तथा जर्सी वितरण गरेर खेल क्षेत्रको विकासमा प्रोत्साहन गरेको भन्दै सहयोगि संस्थालाई क्लवका अध्यक्ष किस्मतराज मैनालिले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बोल्दै प्रदेश सांसद कुशवाहले खेल आजको दिनमा अपरिहार्य चिज भएको भन्दै यसको विकासमा सबैले आ–आफ्नो स्थानबाट बहल गर्नु पर्ने बताए ।

यस कन्सलटेन्सीले बिदेश अध्यनका लागि जाने बिद्यार्थीहरुलाई शैक्षिक परामर्ष प्रदान गर्नुका साथै अन्य परामर्ष सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । यसै विच बागमती यूवा क्लवबाट प्रशिक्षित भएका ५ जना महिला फुटवाल खेलाडि राष्ट्रिय टिममा समेत छनौट भएका छन् । उनीहरु आशन्न प्रतियोगिताको लागि प्रशिक्षणमा रहेका क्लवले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles