बागमती–सर्लाहीको बागमती नगरपालिका र तिलगंगा आँखा अस्पतालको आयोजनामा सर्लाही र रौतहटका सयौँको निशुल्क आँखा जाँच गरिएको छ ।
गत माघ ३ गतेबाट सुरु भएको शिविरमा आज सोमबार सम्म १६ सय ४० जनाको आँखा जाँच गरिएको हो । त्यस मध्य ३ सय ४ जनामा मोतिया बिन्दुको शल्यकृया गर्नु पर्ने समस्या देखीएको छ । उनीहरुको समेत निशुल्क शल्यकृयाको ब्यवस्था गरिएको बागमती स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले जानकारी दिए ।
शिविरमा तिलगंगा आँखा अस्पताल काठमाण्डौकी चिकित्सक डाक्टर रचना सिङको नेतृत्वमा २७ जनाको टोली खटिएका छन् । उनीहरुले सर्लाहीको बागमती, बरहथवा, बसबरिया, हरिपुर, हरिवन र रौटहटको चन्द्रपुर नगरपालिकामा समेत आँखाको मोतियाबिन्दु स्कृनिङ शिविर संचालन गरिरहेको हो ।
शिविर माघ १० गते बुधवार सम्म संचालन गरिने आयोजकले जनाएको हो । यस्तै शिविरमा फेला परेका मोतियाबिन्दूको समस्या भएका विमारीहरुले माघ १०, ११ र १२ गते बागमती नगरपालिका–५, सोल्टी स्थित जनता नमुना माध्यामिक बिद्यालय प्रांगणमा शल्यकृया गरिने बागमती नगरपालिकाले जनाएको हो ।
निशुल्क शिविरमा उपस्थित भएर आँखा सम्बन्धी समस्या भए परिक्षण गर्न समेत नगरपालिकाका मेयर भरत कुमार थापाले नगर वासीहरुमा आग्रह समेत गरेका छन् ।