बागमती–सर्लाहीको बागमती सम्पन्न निशुल्क आँखा परिक्षण तथा मोतियाबिन्दूको शल्यकृया शिविर मार्फत ३८१ जनाको आँखाको ज्योती फर्काइएको छ । भने, २७९२ जनाको आँखा परिक्षण गरिएको छ ।
शुक्रवार सम्पन्न शिविर मार्फत ३८१ जनाको आँखामा देखीको मोतियाबिन्दुको समस्या समाधानको लागि शल्यकृया गरिएको बागमती नगरपालिकाले जनाएको हो । शिविरमा २७ सय ९२ जनाको निशुल्क आँखा परिक्षण समेत गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए । शिविरमा ५ सय ४९ जना मोतियाबिन्दुको समस्याका विमरी फेला परेका भएपछि विभिन्न समस्याका कारण १६८ जनाको शल्यकृया गर्न नसकिएको नगरपालिकाले जनाएको हो ।
बागमती नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठानको सम्युक्त आयोजनामा गत माघ ३ गतेबाट शिविर संचालन भएको थियो । बागमती नगरपालिका स्थित जनजाग्रिती आधारभुत बिद्यालय बागमती–१२ बथनिया, जनज्योती आधारभुत बिद्यालय बागमती–४, नयाँ बस्ती, जनकल्याण आधारभुत बिद्यालय बागमती–३, धरहरा, सामुदायिक भवन बरहथवा–२, हजरीया, हरिवन नगरपालिका–६ वडाकार्यालय, जानकी नगर स्वास्थ्य चौकी हरिपुर–१, मानपुर स्वास्थ्य चौकी बसबरिया र रौतहटको चन्द्रपुर–१, मंगलपुर आधारभुत बिद्यालयमा शिविर सम्पन्न भएको थियो ।
शिविरमा फेला परेका मोतियाबिन्दुका विमारीको निशुल्क शल्यकृया तथा औषधी समेत वितरण गरिएको थियो । शिविरमा तिलगंगा आँखा अस्पतालकी चिकित्सक डाक्टर रचना सिङको नेतृत्वमा २७ जना स्वास्थ्यकर्मीको टोली खटिएका थिए । माघ १० गते सम्म आँखाको परिक्षण तथा १०, ११ र १२ गते तिन दिन बागमती नगरपालिका–५, जनता नमुना माध्यामिक बिद्यालय सोल्टीमा मोतियाबिन्दुको निशुल्क शल्यकृया गरिएको तिलगंगा आँखा प्रतिष्ठानकी चिकित्सक डाक्टर सिङले जानकारी दिईन् ।
६ बर्षमा २६ सय जनाको आँखाको ज्योती फर्काइयो
बागमती नगरपालिकाको आयोजनामा २६२८ जनाको आँखाको ज्योती फर्काइएको छ ।
यस पालिकाले प्रतेक बर्ष मोतियाबिन्दुको समस्या भएका विमारीहरुको लागि निशुल्क शिविर संचालन गरिरहेको छ । विगत ५ बर्षमा बागमती नगरपालिकाको आयोजनामा २६२८ जनाको आँखाको निशुल्क शल्यकृया गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । शाखाको तथ्यांक अनुसार यस बर्ष सम्म २४ हजार ३ सय १७ जनाको आँखाको परिक्षण समेत गरिएको छ ।
विपन्न नागरिक आँखाको शल्यकृया सम्मको पहुचमा पुग्न नसक्ने भएकाले नगरपालिकाले शिविर संचालन गरेको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले बताईन् । सशुल्क उपचार गर्नु पर्दा एउटा आँखाको मोतियाबिन्दुको शल्यकृया गर्न थोरैमा पनि २५ हजार माथि लाग्ने उपमेयर मोक्तानको भनाई छ । ‘यहाँका विपन्न परिवार यति महंगोमा आँखाको उपचार गर्ने हैसियतका छैन्न ।’ उन्ले भनिन्, ‘नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा वितरण गर्ने योजना सहित शिविर संचालन गर्ने गरेका हौँ ।’
यस किसिमको शिविरबाट नागरिकले प्रत्यक्ष लाभ लिन सकेका नगरबा स्वास्थ्य शाखा संयोजक रायमाझीले जानकारी दिए । बर्षौ देखी उमेर ढल्कियो अब आँखा देखीदैन् होला भनेर बसेका जेष्ठ नागरिकले घर दैलोमै निशुल्क शिविरमा उपचार गरेर स्पष्ट आँखा देखीएको भन्दै खुसी ब्यक्त गरेका उन्को भनाई थियो । शिविरमा बागमती नगरपालिका बाहेक अन्य पालिकाका विमारी समेत सहभागि भएका थिए । उनीहरुलाई दुई दिन सम्म बस्ने र खाने सुविधा समेत प्रदान गरिएको आयोजक बागमती नगरपालिकाले जनाएको हो ।
यस्तै तिलगंगा आँखा प्रतिष्ठानको शाखा कार्यलय बागमतीमा संचालनमा आउने भएको छ । प्रतिष्ठन सगँको समन्वयमा प्रतिष्ठानको शाखा संचालन गर्नलागिएको उपमेयर मोक्तानले बताईन् । आँखा उपचार शाखा केन्द्रका लागि आवश्यक उपकरण तथा औषधी लगाएतका सामाग्री समेत बागमती ल्याईसकिएको भन्दै केही दिनमै प्रतिष्ठानको शाखा कार्यलय औपचारिक कार्यक्रमका विच उद्घाटन गरिने उन्ले जानकारी दिईन् ।
यो सगैँ आँखाको सामान्य समस्या हुदा पनि महंगो खर्च गरेर भरतपुर, काठमाण्डौ लगाएतका सहर धाउनु पर्ने बाध्यता समेत हटेर जाने भएको छ ।