Saturday, November 9, 2024

बागमतीको दापडाँडामा लिफ्टिङ गरेर पानी लैजान अनुगमन

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित दाप डाँडा लगाएतका स्थानियलाई लिफ्टिङबाट पानी खुवाउने तयारी भएको छ ।

सोमबार पानीको मुहान लिफ्टिङ ट्यांकी लगाएतको स्थानको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, १ नम्बरका वडाध्यक्ष गम्भिर सिङ पाख्रिन लगाएतको टोलीले अनुगमन गरेका हुन् । बागमती नगरपालिका–१, स्थित चुरेको दाप डाँडा, वाईवा डाँडा, स्याङतान टोला, घिसिङ टोला लगाएत झण्डै आधा दर्जन गाउँ खानेपानीको समस्यामा रहदै आएको छ ।

स्थनीयको खानेपानीको समस्या समाधानको लागि मेयर थापाले पहिलो कार्यकालको लागि निर्वाचित भए पानी ट्यांकी खरिद गरेर उक्त क्षेत्रका नागरिकलाई पानी खुवाएका थिए । कार्यपालिकाले सवारी सुविधाको लागि छुट्याएको बजेटबाट मेयर थापाले ट्यांकर खरिद गराएका हुन् । उक्त ट्यांकरले अहिले पनि उक्त गाउँमा नियमित पानी पुर्याउदै आएको छ ।

मेयर थापाले नागरिकलाई पानीको सुविधा पुर्याउन सिन्धुलीको हरिहरपुरगडी गाउँपालिका–६, सानो कौवाबाट ८ सया मिटर तल रहेको धारा खोल्सीको पानी सानो कौँवा ल्याउने योजना बनाएका थिए । सोही योजना अनुसार सोलार प्रतिधिको प्रयोग गरेर सानो कौँवामा निर्माण गरेको एक लाख लिटरको रिर्जभ ट्यांकीमा पानी खसालेर दापडाँडाका विभिन्न गाउँमा केही समय पानी वितरण समेत भएको थियो ।

सोलार सिस्टमले नियमित काम नगरेपछि योजना सफल नभएको वडाध्यक्ष पाख्रनले बताए । उक्त स्थानमा अहिले बिजुली सेवा पुगेकोले मेसिन राखेर फेरी पानी लिफ्टिङ गरेर नागरिकलाई स्वच्छ पानी खुवाउने तयारी गरिएको मेयर थापाले जानकारी दिए । यस खानेपानी योजनाबाट बागमती नगरपालिका–१, का मात्र ७० बढि घरधुरी लावान्भित हुने वडाध्यक्ष पाख्रिनको भनाई छ । नगरका मेयर लगाएतका जनप्रतिनिधिले डाँडा पानी ल्याउन फेरी चासो देखाएको भन्दै स्थानीयले खुसी ब्यक्त गरे ।

आफुहरुलाई खानेपानी र सडक सुविधाको लागि मेयर थापा उपमेयर लिला कुमारी मोक्तान, वडाध्यक्ष पाख्रिन लगाएत जनप्रतिनिधिहरुले ठुलो भुमिका निर्वाह गरेका स्थानीय दिलमाया वाईवाले बताईन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles