Wednesday, February 21, 2024

बलात्कारमा संलग्न ३ जना कारागार चलान

ताजा / भरखरै प्राप्त

बागमती– फरक क्षमताकी बोल्न नसक्ने यूवतीलाई जवरजस्ती करणी गरेका आरोपीहरुलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत सर्लाहीको आदेशानुसार बागमती नगरपालिका–४, जिरायतको सुकेखोलामा भएको सामुहिक बलात्कार घटनामा संलग्न तिनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । उक्त घटनामा ३५ बर्षका हरि भनिने हिरा बहादुर भुजेल, ४२ बर्षका राम भनिने खेलेन्द्र परियार र २१ बर्षका अनिल भनिने धनलाल बराईली पक्राउ परेका थिए ।

उनीहरुले बोल्न नसक्ने एक महिलालाई घरेलु मदिरा सेवन गराई सामुहिक रुपमा पालैपालो जवरजस्ती करणी गरेको आरोप पीडित पक्षको छ । घटना लग्तै फरार तिनै जनालाई ईलाका प्रहरी कार्यलय हरिवनका ईन्सपेक्टर अनिलराज गिरी नेतृत्वको टोलीले बागमती–४, स्थित सुकुम्वासी बस्ती लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

उनीहरुलाई अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय सर्लाही मार्फत अदालतमा पेश गरेको र अदालतको तिनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको ईन्सपेक्टर गिरीले जनाकारी दिए । गत आईतवारबाट जिल्ला कारागार संचालनमा आएकोले उनीहरुलाई जिल्ला कारागार पठाईएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles