Monday, September 9, 2024

बरहथवा घटनाका मृतकका परिवारले सव बुझे, सव यात्रा खर्साल घाटमा अन्त्यष्ठीको तयारी

ताजा / भरखरै प्राप्त

सर्लाही, अस्पतालको स्तरउन्नतीको बिषयमा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकका परिवारले सव बुझेका छन् ।

सोमबार सव पोष्टमार्टमा पछि परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । पीडित परिवारले अहिले बिहानै सव बरहथवा नगर परिक्रममा पछि बरहथवा नगरपालिका स्थित बागमती नदि किनार खर्साल घाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको पारिवारीक श्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यलय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेको छलफलबाट ११ बुँदे सहमती भएपछि गएराती ९ बजेको समयमा प्रहरीले मृतकको सव पोष्टमाटमका लागि प्रदेशिक अस्पताल मलंगवा पुर्र्याको थियो ।

सव परिक्षण पछि आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय मलंगवा प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । सरकारले गएको शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विवादमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशङ्कर साहको मृत्युको सम्वन्धमा छानविन गर्न गृहमन्त्रालयका सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । भने, मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपियाँ दिने निर्णय समेत गरिसकेको छ ।

सहमति संगै बरहथवा शान्त

पीडित पक्ष सगँ सहमति भए सँगै बरहथवा क्षेत्र आईतवार साझबाट शान्त बन्दै गएको छ ।

सहमती सगैँ पीडित पक्षले पहरीलाई सव समेत उठाउन दिएका थिए । तिन दिन देखीको तनावका कारण अस्तब्यस्त बनेको बरहथवा बजार क्षेत्रमा बिहानै देखी चहलपहल सुरु भएको स्थानीयको भनाई छ । उद्योगबाणिज्य संघ बरहथवा लगाएत पाँच दलले समेत आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता गरेका छन् । आन्दोलन उग्र बनेपछि आईतवार दिनभरी बरहथवा बजार क्षेत्र रणभुमीमा परिण भएको थियो ।

सोही क्रममा प्रदर्शनकारीले ईलाका प्रहरी कार्यलय परिसरमा रहेको फुसको छानो भएको प्रतिक्षालयमा आगजनी गर्नुका साथै कार्यलयमा ढुंगामुढा गरेका थिए । घटनामा दर्जनौ अश्रुग्यास तथा हवाई फाएर गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । प्रदर्शनकारी र प्रहरी विच भएको झडपमा दर्जनौ सुरक्षाकर्मी र प्रदर्शनकारी घाईते समेत भएका थिए । घटनामा प्रहरीले अनावश्क बल प्रयोग गरेर पीडितमाथि दमन गरेका प्रदर्शनकारीको आरोप छ ।

सरकारले गठन गरेको समितिले सोमबारबाट छानविन थाल्ने

बरहथवा घटना लगतै छानविनका लागि गठन भएको तिन सदस्य टोलीले सोमबारबाट छानविन थाल्ने भएको छ ।

आईतवार राती सर्लाही आईपुगेको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको टोलीले बिहानबाट छानविन प्रकृया सुरुगर्नलागेको श्रोतले जनाएको हो । आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ मा ब्यवसाय समेत संचालन गर्दै आएका ३० बर्षका जयशंकर साहको घटना स्थलमै मृत्यु भएको थियो ।

लगतै सरकारले घटनाको निष्पक्ष छानविन र दोसी माथि कार्वाही गर्ने भन्दै ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी सहसचिव गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेर पठाएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नावय महानिरिक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भिम बहादुर बुढाथोकी रहेका छन् ।

डिएसपी थापा र बरिष्ठ प्रहरी हवल्दार जिल्ला तानिए

बरहथवा घटनाको अनुसन्धानका लागि भन्दै ईलाका प्रहरी कार्यलय बरहथवाका प्रमुख डिएसपी गंगा बहादुर थापालाई जिल्ला तानिएको छ । विभागिय अनुसन्धानका लागि डिएसपी थापालाई जिल्ला तानिएको जिल्ला प्रहरीका कार्यलय सर्लाहीले जनाएको हो । यस पहिला बरहथवा घटनामा गोली हानेको आरोप लागेका ईलाका प्रहरी कार्यलय बरहथवामा कार्यरत बरिष्ठ हवल्दारलाई समेत जिल्ला प्रहरी तानिएको थियो ।

घटनाको बिषयमा थप आन्तरिक अनुसन्धानका लागि दुवै जनालाई जिल्ला झिकाईएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी पंजियारले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles