Monday, September 9, 2024

बथनियाका ६३ छात्रछात्राहरुलाई न्यानो कपडा वितरण

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित एक बिद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

बिहिवार बागमती नगरपालिका–१२, स्थित श्री जनजाग्रिती आधारभुत बिद्यालय बथनियाका ६३ जना छात्रछात्राहरुलाई न्यानो कपडा ज्याकेट वितरण गरिएको हो । सोचाई नामक गैर सरकारी संस्था काठमाण्डौबाट प्राप्त न्यानो कपडा अति विपन्न बालबालिकाहरु छनौट गरी वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक हेरम्ब राज सुवेदीले जानकारी दिए ।

लगातार बढेको अत्यधिक चिसोका कारण विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा अभावमा बिद्यालय आउन समस्या भएको थियो । स्थानीय गैर सरकारी संस्था साहसी नेपालको पहलमा उक्त कपडा प्राप्त भएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पवित्रा माझीले जानकारी दिईन् । प्राप्त कपडा उक्त वडाका वडाध्यक्ष ओम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा वितरण गरिएको बिद्यालयले जनाएको हो ।

न्यानो कपडा पाएपछि बालबालिका समेत खुसी भएका छन् । विपन्न बालबालिकाको लागि न्यानो कपडा उपलब्द गराई दिएको भन्दै विद्यालय परिवारले सहयोगि संस्थालाई धन्यवाद समेत ज्ञापन गरेको छ । यस बिद्यालयमा अधिकांस दैनिक ज्यालामजदुरी गर्ने परिवारका बालबालिका पढन आउने गरेका छन् । यस बिद्यालयमा प्ले गु्रप देखी कक्षा ५ सम्म ३५० जना बालबालिका अध्यन गर्छन ।

यहाँ पढन आउने अधिकांस बालबालिकाका अभिभावक ईट्टा भट्टामा काम गर्ने गर्दछन् । यसले गर्दा बालबालिका समेत अभिभावक सगँै भट्टामा जाने गर्दा नियमित पढ्न थोरैमात्र बालबालिका आउने गरेका प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles