बरहथवा– निजी तथा आवासिय बिद्यालय अर्गनाईजेसन (प्याब्सन) सर्लाहीको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार बरहथवा नगरपालिका–७, स्थित दिब्यज्योती सेकेन्डरी स्कुल प्रांगमा प्याब्सन जिल्ला समितिको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । निजी तथा आवासिय बिद्यालय अर्गनाईजेसन (प्याब्सन)का केन्द्रिय उपाध्यक्ष गोपाल कार्कीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको जिल्ला अध्यक्ष निर्मल आचार्यले जनाकारी दिए ।
सभामा संस्थाको आर्थिक तथा आगामि बर्षको बार्षिक कार्ययोजना समेत पेस गरिएको थियो । यस संस्थाले निजी तथा आवासिय बिद्यालयको ब्यवस्थापनमा काम गर्दै आईरहेको छ । कार्यक्रममा बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालको विशिष्ठ आतिथ्यता रहेको संस्थाले जर्नाएको हो ।