Thursday, June 13, 2024

पृथ्वी जयन्तीको अवसरमा हरिवनमा अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन–नेपाल एकिकरण अभियानका नेतृत्व कर्ता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा हरिवनमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार हरिवन नगरपालिका–५, स्थित बालुवा टारमा औपचारिक कार्यक्रमका विच अन्तरकृया सम्पन्न भएको आयोजक नेपाल राष्ट्रिय भुतपुर्व सैनिक सघंले जनाएको हो । शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको संघका जिल्ला अध्यक्ष भिमसेन थापाले जानकारी दिए ।

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक सघंको निर्माणाधिन कार्यलय भवन प्रांगणमा सम्पन्न कार्यक्रमका बक्ताहरुले पृथ्वी नारायण शाहको योगदानको चर्चा गरेका थिए । उहाँले आफ्नो जिवनको महत्वपुर्ण समय राष्ट्र एकिकरणमा खर्चिएको कुरा कसैले भुल्न नहुनेमा कार्यक्रमका बक्ताहरुको जोड थियो । नेपालमा हरेक बर्ष पुष २७ गते मनाईने पृथ्वी जयन्तीको अवसरलाई पछिल्लो समय एकता दिवसको रुपमा समेत मनाउन थालिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै हरिवन नगरपालिकाका मेयर बुडाथोकीले संघको भवन निर्माण लगाएतको कार्यमा सक्दो हातेमालो गर्ने प्रतिवद्धता जनाएका संघका जिल्ला अध्यक्ष थापाले बताए । कार्यक्रममा भैरवी दल गण पाचँकुमारीका गणपती सुर्य बहादुर कार्की, शंकर कुमार खड्का, विभिन्न पालिका स्थित भुतपुर्व सैनिक संघका पदाधिकारीहरु लगाएतको आतिथ्यता रहेको आयोजकले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles