Thursday, June 13, 2024

नेपाल तामाङ घेदुङको बागमतीमा वडा कमिटि गठन

ताजा / भरखरै प्राप्त

चन्द्र बहादुर जिम्बा, बागमती–नेपाल तामाङ घेदुङ बागमती नगरपालिकामा वडा भेला सम्पन्न भएको छ ।

आईतवार एक कार्यक्रमका विच बागमती नगरपालिका–१२, को पहिलो वडा भेला सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङ संघिय सचिवालय सदस्य तथा मदेश प्रदेश अध्यक्ष यमलाल गोलेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गोपाल दोर्जे घिसिङको अध्यक्षतामा १३ सदस्य वडा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष उत्तम घिसिङ, महिला उपाध्यक्षमा सु कुमारी पाख्रिन, सचिव जगत बहादुर स्याङतान, सह–सचिव माईली माया घलान, कोषाध्यक्ष मिरा भोलन तथा सदस्यहरुमा ङेमा दोर्जे तितुङ, मन्जु पाख्रिन, बलराम लामा, कमान सिङ बोम्जन, प्रेम लामा, चक्र वाईबा र सर्मिला लो चयन भएका हुन् ।

यस्तै समितिको सल्लाकारमा सन्तबहादुर थोकर, पुर्ण बहादुर जिम्मा, रेसम बहादुर गोले, विजार सिङ घिसिङ, जगत बहादुर तामाङ चयन भएका घेदुङका नगर अध्यक्ष जय गोलेले जानकारी दिए ।

भेलामा बागमती नगरपालिका–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ तामाङ पत्रकार संघका संघिय सदस्य तथा हरिवन घेदुङ हरिवन अध्यक्ष राजु लो तामाङ, घेदुङ रौतहटका पुर्व अध्यक्ष बाल कुमार लामा, साम्तेन देछेन छ्योईखोर्लीङ गुम्बा बथनियाका अध्यक्ष सन्तबहादुर थोकर, काल्साङ छ्योईखोर्लिङ गुम्बाका अध्यक्ष पाल्देन दोर्जे लामा, लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा घेदुङ बागमतीकी उपाध्यक्ष सरिता घिसिङले स्वागत मन्तब्य राख्न् भएको कार्यक्रम संचालक चन्द्र बहादुर जिम्बाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles