बागमती–गत पुस २० गते प्रहरीको गोली लागेर ज्यान गुमाएका सर्लाहीको बागमती निवासी शाह प्रति नेकपा माओवादी केन्द्र बागमतीले श्रद्धाञ्जली अर्पण गरेकोे छ ।
मंगलवार बागमती नगरपालिका–९, निर्माण चोक स्थित मृतक जयशंकर शाहको घरमा सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको नेकपा माओवादी केन्द्र बागमती नगर कमिटिले जनाएको हो । बागमती नगरपालिकाले शाहको १३ औँ दिनको पुण्य तिथि पारेर मलंगवार स्थानीय बिदा समेत घोषणा गरेको थियो ।
सभामा उपस्थित जनप्रतिनिधि, नेकपा माओवादी केन्द्रका बागमती नगर कमिटिका पदाधिकारी, स्थानीय लगाएतले मृतक शाह प्रति एक मिनेट मौनधार समेत गरेका थिए । सभामार्फत मृत आत्माको चिर शान्तीको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको नेकपा माओवादी केन्द्र बागमती नगर कमिटि सचिव हरि खड्काले जानकारी दिए ।
श्रद्धान्जली सभामा मधेश प्रदेश सभा सदस्य एवं नेकपा माओवादी पार्टीका संसदिय दलका उपनेता जवाहरलाल कुशवाह, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान, विभिन्न वडाका वडाध्यक्ष, नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष चित्र बहादुर तुम्सिङ लगाएतको उपस्थिती रहेको कार्यक्रम संचालन खड्काले जानकारी दिए ।
यस पहिला बिहान मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंङले पीडित परिवार सगँ भेट गरी मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।बरहथवा नगरपालिका–६ मा रहेको नगर अस्पतालको स्तरउन्नतीको बिषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

