Friday, January 24, 2025

काठ तस्करीको आरोपमा उद्योग सञ्चालक पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–काठ तस्करी गरेको आरोपमा सर्लाहीको हरिवनबाट एकजना फर्निचर उद्योगीलाई प्रहरील पक्राउ गरेको छ ।

हरिवन नगरपालिका–८, चापिनी स्थित शिवपुरी काष्ठ तथा फर्निचर उद्योग र शाही भेनियर प्रालिका सञ्चालक प्रमोद भट्टराईलाई काठ तस्करीको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको हो । सुराकीको आधारमा छापामार्न पुगेको ईलाका प्रहरी कार्यलय हरिवनको टोलीले अबैध काठ तथा प्लाईको केमिकल बरामद भएको जनाएको छ ।

प्रहरीटोलीले उद्योगबाट २ हजार ६ सय ३५ क्युफिट अवैध काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए । प्रहरीले उद्योग परिसरमा राखिएको विभिन्न जातका गोलिया काठ २२ सय ३५.३७ क्युफिट, चिरान काठ २२.३२ क्युफिट र दाउरा ३३३.३३ क्युफिट बरामद गरिएको इन्सपेक्टर गिरीले बताए ।

पक्राउ परेका उद्योगी भट्टराईलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि सव डिभिजन वन कार्यालय जानकीनगरमा बुझाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles