Saturday, May 18, 2024

आफ्नै विद्यार्थीलाई करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवनबाट आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

हरिवन नगरपालिका–११, घर भइ हरिवन–१०, क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई प्रहरीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।

पीडितका अनुसार घरमा कोही नभएको मौका छोपेर शिक्षक कार्कीले गएको बुधबार किशोरीको घर पुगेर किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । प्रहरी अनुसन्धानको क्रममा शिक्षक कार्कीले किशोरी माथि जबर्जस्ती करणी गर्ने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेर बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles