हरिवन–सर्लाहीको हरिवनमा रहेको हरिवन बचत तथा ऋण सहकारी संस्थाको २५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिवार एक कार्यक्रमका विच हरिवन नगरपालिका–८, चापिनी स्थित संस्थाको प्रांगणमा सभा सम्पन्न गरिएको संस्थाले जनाएको हो । सभाको प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले उद्घाटन गरेका थिए । संस्थाले गत आर्थिक बर्ष २०७९/८० मा ११ करोड बराबरको कुल कारोवार गरेको जनाएको छ ।
कुल कारोबारबाट २६ लाख मुनाफा आर्जन गरेको यस संस्थाले १५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने निर्णय गरेको लेखा समिति संयोजक भरत कुमार कार्कीले जानकारी दिए । संस्थाले साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ठ शेयर सदस्य, उत्कृष्ठ ऋणी, उत्कृष्ठ बाल बचत कर्ता, उत्कृष्ठ मुद्वती बचत कर्ता, उत्कृष्ठ नियमित बचत कर्ता लगाएतलाई सम्मान समेत गरेको थियो ।
संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न सभामा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, जिल्ला सहकारी संघ सर्लाहीकी अध्यक्ष मन्दिरा आचार्य, हरिवन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष केशव थापा, लगाएतको आतिथ्यता रहेको संस्थाले जनाएको हो ।
यसै विच संस्थाले बार्षिक साधारण सभाको अवसरमा रक्तदान शिविर सम्पन्न गरेको थियाे। संस्थाको प्रांगणमा भएको रक्तदान शिविरमा २५ जनाले रगत दान गरेका हुन् । उक्त रगत रक्त संचार केन्द्र उपशाखा मलंगवा सर्लाहीले संकलन गरेको संस्थाका लेखा समिति संयोजक कार्कीले जानकारी दिए ।