Wednesday, February 21, 2024

हरिवनबाट चन्दा आतंक फैलाउने दुईजना पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवन बजार क्षेत्रमा चन्दा असुल्दै हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका–७, बस्ने ४५ बर्षका चेत नाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका–१, बस्ने ५० बर्षका राजु हाडा रहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । उनीहरुले हरिवन नगरपालिका–११, स्थित बजार क्षेत्रमा ब्यापारीहरु संग नेपाल कम्यिुनिष्ट पार्टी(माओवादी)को नाममा चन्दा आतंक फैलाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको दुवै जनालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles