Friday, February 23, 2024

हरिपुर्वामा हतियार देखाएर सहकारी कर्मचारीको साथबाट ५ लाख लुटपाट

ताजा / भरखरै प्राप्त

हरिपुर्वा-सर्लाहीको हरिपुर्वामा अज्ञात समुहले हतियार देखाएर लुटपाट भएको छ ।

बिहिवार बिहान हरिपुर्वा नगरपालिका–६, हनुमान चोक नजिकैबाट अज्ञात समुहले हतियार देखाएर लुटपाट गरेको खवर प्राप्त भएको प्रहरीले जनाएको हो । हरिपुर्वा नगरपालिका–५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ । नजिकैको एनआईसी एसिया बैँकबाट पैसा झिकेर कार्यलय जादै गर्दा बाटैमा लुटपाट भएको संस्थाका अध्यक्ष गणेश कुमार यादवले जनाकारी दिए ।

ना १५ प ९८९२ नम्बरको मोटरसाईकलमा सवार सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायलाई बाटो घेरेर अज्ञात समुहले साथमा रहेका ५ लाख रकम लुटेर लगेको सहकारीले जनाको हो । कर्मचारीहरुले प्रतिकार गर्न खोज्दा अज्ञात समुहले एक राउण्ड हवाई फायर समेत गरेको प्रत्यक्षदर्शीको भनाई छ । नम्बर नखुलेको मोटरसाईकलमा सवार २ जना लुटेरा समुह हबाइ फायर गर्दै फरार भएका स्थानीयको भनाई छ ।

सूचना प्राप्त भए लगतै घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । हतियारधारी समूह लुटपाट पछि हर्दी खोला तर्फ भागेको प्रत्यक्षदर्शीले जानकारी दिए । घटना स्थल प्रहरी चौकी हरिपुर्वाबाट ४ सय मिटरको दुरीमा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles