सर्लाही– सर्लाहीका उखु किसान, उद्योगी र स्थानीय प्रशासन विच त्रिपक्षिय छलफल भएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यलय सर्लाही मलंगवामा विभिन्न विषयमा त्रिपक्षिय छलफल भएको मिलगेट उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । अध्यक्ष उप्रेतीका अनुसार छलफलमा उखुको हाल कायम न्यूनतम मुल्य उद्योगले गर्ने भुक्तानी, आन्दोलन पछि प्राप्त गत बर्षको अनुदान बापतको बाँकी रकम किसानहरुको खातामा राख्ने र उद्योग संचालन बिषयमा छलफल भएको थियो ।
किसानहरुको जायज मागँ सम्बोधनको लागि आफुहरुले केन्द्र सगँ पहला गरिरहेको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालले बताए । उद्योग, किसान र सरकार एक अर्काको परिपुरक भएकाले किसानको समस्याको सवषयमा आफु निकै सम्बेदनसिल रहेको उन्ले बताए । किसान प्रतिनिधिहरुको कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारी धमलाले छलफल र सम्बादको माध्यमबाट किसानहरुको बाँकी समस्या समाधानको लागि आफु तयार रहेको उन्को भनाई थियो ।
छलफलमा उद्योगको तर्फबाट उपस्थित प्रशासकिय अधिकृत ठाकुर नेपालले तत्काललाई सरकारले कायम गरेको (अनुदान सहित ६ सय ३५ रुपैयाका दरले) रकम, उखु काटाँ भएको १५ दिन भित्रमा भुक्तानी गर्ने प्रतिबद्धता जनाए । भने, कोष तथा लेखा नियन्त्रण कार्यलय सर्लाहीमा आएको अुनदान बापतको बाँकी रकम हप्ता दिन भित्रमा किसानको खातामा पुर्याउने निर्णय भएको थियो ।
छलफलमा उद्योगले प्रदुषण न्युनिकरणका लागि हदै सम्मका उपाए अपनाउने निर्णय समेत भएको उखु किसान मुखचन्द्र महतोले जानकारी दिए । गत शुक्रवार देखी उखुको उचित समर्थन मुल्य र गत बर्षको बाँकी अनुदान बापतको रकम माग्दै आन्दोलनरत् सर्लाहीमा उखु किसानहरुले बिहिवार प्रेस बिज्ञप्ती प्रकासित गरेर तत्काललाई आन्दोलन स्थगित गरेका थिए ।
बुधवार मन्त्री परिषद निर्णयबाट सरकारले यस सिजनको लागि तोकेको अनुदान ७० रुपैया सहितको ६ सय ३५ रुपैया नस्वीकार्ने निर्णय गर्दै आन्दोलन स्थगित गरेका हुन् । उखु किसानहरुले यस बर्षको लागि ७ सय ५० रुपैया कायम गर्न माग गरेको थिए । सरकारले मुल्यमा पुनः विचार नगरे देशै भरीका उखु किसानहरुलाई काठमाण्डौमा उतारेर आन्दोलन गर्ने किसानहरुको चेतावनी छ ।
आन्दोलन स्थगित भए सगैँ यस सिजनको लागि जिल्लामा उद्योगहरु संचालनमा आएका छन् ।