बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित एक बिध्यालयमा छात्राबृत्ति बितरण गरिएको छ ।
शुक्रवार बागमती नगरपालिका–४,मा रहेको श्री जनज्योति आधारभूत विद्यालयमा अध्यनरत तिन जना छात्रछात्राहरुलाई छात्रबृत्ति बितरण गरिएको हो । गत बर्ष बिद्यालयमै स्थापना गरिएको अक्षयकोषबाट छात्रबृत्ति बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक मनोज प्रसाद खनालले जानकारी दिए । सोही बिद्यालयका पुर्व प्रधानाध्यापक ज्ञान बहादुर खड्काले गत बर्ष दिवंगत श्रीमती स्वर्गीय ज्ञानु कुमारी खड्काको नाममा अक्षयकोष स्थापना गरेका थिए ।
एक लाख ६५ हजार ५ सय रुपैया राशीको कोषबाट यस बर्ष सोही बिद्यालयमा अध्यन गर्ने छात्रा ग्रिष्मा ग्याबक, छात्र अविनाश थिङ्ग र सागर पुलामी मगरलाई छात्राबृत्ति प्रदान गरिएको हो । विध्यार्थीलाई छात्रवृति स्वरुप एक वर्ष सम्म पुग्ने गरी स्टेशनरी, बिद्यालय पोशाक र ब्याग लगाएतका सामाग्री वितरण गरिएको प्रधानध्यापक खनालले जानकारी दिए । छात्राबृत्ति बितरण कार्यक्रमको अवसर पारेर कोष संरक्षक खड्काले कोषमा ५० हजार थप गरिदिएका छन् ।
यो सगँै कोषमा २ लाख १५ हजार ५ सय राशी पुगेको बिद्यालयले जनाएको हो । विद्ययालयका अति जेहन्दार, अनुशासित, विपन्न छात्र, छात्रालाई छनौट गरेर प्रतेक बर्ष छात्रवृति वितरण गरिने उल्लेख गरिएको छ । बिध्यालयमा पुर्व प्रधानाध्यापक खड्काले स्वर्गीय श्रीमतीको स्मृती अवसर पारेर गत बर्ष माघ ११ गते एक लाख पैसट्ठी हजार पाँच सय राशीको अक्षयकोष स्थापना गरिदिएका थिए ।
यस बिद्यालयमा अध्यन गर्ने अति विपन परिबारका जेहन्दार बालबालिका शिक्षाबाट वन्चित नहुन भन्ने उदेश्य सहित कोष स्थापना गरिएको खड्काको भनाई थियो । यस कोषले थोरै भएपनि विपन्न बालबालिकाहरुलाई सहयोग मिल्ने उनले बताए । यसैविच विध्यालयले दोस्रो त्रैमासिक परिक्षाको नतिजा समेत प्रकाशित गरेको छ । परिक्षामा प्रथम, दितिय र तृतिय हुने छात्र, छात्राहरुलाइ समेत पुरस्कार वितरण गरिएको थियो ।
बागमती नगर शिक्षा संयोजक राजकुमार बिश्वकर्माको प्रमुख अतिथ्यतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा शिक्षा शाखाका ओमबहादुर कार्की, बागमती–४, का वडाध्यक्ष कृष्णकुमार लामा, पुर्व प्रधानाध्यापक तथा अक्षयकोष संरक्षक खड्का, बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष मंगलसिंह मोक्तान लगाएतले मन्तब्य राखेका थिए ।