Monday, September 9, 2024

स्तन क्यान्सर पीडितको उपचार सहयोगमा घेदुङको पहल

ताजा / भरखरै प्राप्त

सर्लाही–नेपाल तामाङ घेदुङ सर्लाहीले एक स्तन क्यान्सर पीडित महिलाको उपचारको लागि पहल सुरुगरेको छ ।

आर्थिक रुपमा विपन्न लालबन्दी नगरपालिका–१७, रानिगंज निवासी स्तन क्यान्सर पीडित सीता पाख्रिनको उपचारका लागि घेदुङ सर्लाहीले पहल सुरुगरेको हो । सोमबार क्यान्सर पीडित पाख्रिनको घरमै पुगेर घेदुङ अध्यक्ष बुद्ध लामाले थप उपचारमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । अध्यक्ष लामाका अनुसार उपचार खर्च धेरै हुने भएकोले आफुहरुले समेत हातेमालो अभियान सुरुगरेको बताए ।

घेदुङ सर्लाहीले सहयोगि मनहरुलाई अभियानमा सहभागि भई जिवन रक्षाको कार्यमा सहयोग पुर्याई दिन अनुरोध गरेको छ । विभिन्न सहयोगीहरुबाट सहयोग संकलन गर्दै उपचार खर्च जुटाउने तयारी रहेको घेदुङ सर्लाहीले जनाएको हो । आर्थिक अभावकै कारण सीताको उपचारमा कठिनाई भएको खवर पाएपछि घेदुङ सर्लाहीका पदाधिकारी पीडितको घरमै पुगेका थिए ।

निममित चिकित्सको निगरानीमा राख्नुपर्ने विमारीलाई खर्च अभाव भएपछि चितवनको बिपिकोइराला मेमोरियल अस्पतालबाट परिवारले घरमै ल्याएर राखेका थिए । घरमा दैनिक छाक टार्न समेत समस्या रहेकोले अस्पताल राख्न नसकेको परिवारले बताए । अहिले पनि पीडितका परिवारले उपचारको लागि गाउँघरमा चन्दा संकलन गर्ने गरेको बताए । उपचारमा सहयोग पुर्याई दिन पीडित परिवारले अपिल गरेका छन् ।

घेदुङका जिल्ला अध्यक्ष लामाको नेतृत्वमा राजनीतिक दलका स्थानीय नेता, ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज आचार्य लगाएत पुगेका परिवार जनले जनाएका हुन् । ईश्वरपुर नगरपालिकाका मेयर आचार्यले उपचारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका स्थानीयको भनाई थियो । स्तन क्यान्सर भएपछि सीताको ८ वटा किमो फेर्नुपर्ने चिकित्सकले बताएका परिवारको भनाई छ ।

सिताको अहिले सम्म २ वटा मात्रै किमो फेरिएको छ । बाँकी ६ वटा किमो फेर्न लाग्ने खर्च घेदुङ, स्थानीय, राजनीतिक दल तथा जनप्रतिनिधिहरुले पहलमा ब्यवस्था हुने आशमा पीडित परिवारले खुसी ब्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles