Wednesday, February 21, 2024

सोल्टीमा सिकाई केन्द्रको साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

घनश्याम बलम्पाकी, बागमती– सर्लाहीको बागमती नगरपालिका स्थित सोल्टीमा रहेको सिकारु सामुदायिक सिकाइ केन्द्रको साधारण सभा सम्पन्न भएको छ ।

आईतवार बागमती नगरपालिका–८, सोल्टीमा रहेको सिकारु सामुदायिक सिकाइ केन्द्रको पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरिएको हो । सर्लाही क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद जवाहर लाल कुशवाहाको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको संस्थाका अध्यक्ष जंग बहादुर महतोले जानकारी दिए । यस सभाले संस्थाको ११ सदस्य नयाँ नेतृत्व समेत चयन गरेको जनाएको छ ।

सभाले पुनः जंगबहादुर महतोकै अध्यक्षतामा ११ सदस्य संचालक समिति चयन गरेको हो । यस्तै सभाले संस्थाको उपाध्यक्षमा राम नारायण महतो, सचिवमा राजकिशोर साह र सदस्यहरुमा यसोदा श्रेष्ठ, शान्तिदेवी, रामदुलारी साह, ललिता महरा चयन गरेको छ । भने, संस्थाको पदेन सदस्यहरुमा नव जन जागरण माध्यामिक बिद्यालयका प्रधानाध्यापक, बागमती नगरपालिका–८, का वडाध्यक्ष डम्बर कार्की, बागमती नगरपालिका शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्याय रहेका छन् ।

साधारण सभामा बागमती नगरपालिकाका उपमेयर लिला कुमारी मोक्तान, अभियान नेपाल सामुदायिक सिकाइ केन्द्र गोडैताका अध्यक्ष रामचन्द्र कुशवाहा, काका सामुदायिक सिकाइ केन्द्र बलराका डाक्टर कमलेश्वर कुमार सिन्हा, बागमती नगरपालिकाका शिक्षा प्रमुख मिन प्रसाद उपाध्याय, साना किसान सहकारी संस्था बागमतीका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठ लगायत स्थानीय बुद्धिजिवी, समाजसेवी, शिक्षा प्रेमीको आतिथ्यता रहेको थियो ।

संस्थाको कार्यालय सचिवमा निलम कुमारी महतो चयन भएकी छिन् । साधारण सभाको अवसरमा संस्थाले विभिन्न ब्यक्ति र संस्थालाइ समेत सम्मान गरेको अध्यक्ष महतोले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles