Wednesday, February 21, 2024

सामुहिक बलत्कारको आरोपमा तिनजना पक्राउ

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित जिरायतमा सामुहिक बलात्कारको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ ।

गत मंगलवार राती बागमती नगरपालिका–४, जिरायत सुकेखोला स्थित लहरी घारीमा एक महिला माथि सामुहिक बलात्कार गरेको आरोपमा तिनजना पक्राउ परेका ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । पक्राउ पर्नेमा ३५ बर्षका हरि भनिने हिरा बहादुर भुजेल, ४२ बर्षका राम भनिने खेलेन्द्र परियार र २१ बर्षका अनिल भनिने धनलाल बराईली रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले महिलालाई मदिरा सेवन गराई पालैपालो जवरजस्ती करणी गरेको पीडितको आरोप छ । घटना लगतै फरार रहेका उनीहरलाई प्रहरीले बुधवार बागमती नगरपालिका–४, जिरायतको सुकुम्वासी बस्तीबाट पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना बिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक अनिल राज गिरिले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles