Tuesday, January 21, 2025

सर्लाहीको हरिपुर्वामा मृत अवस्थामा बृद्ध फेला, हत्या आशंका

ताजा / भरखरै प्राप्त

जिल्लाको पुर्वी दक्षिण क्षेत्र हरिपुर्वामा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।

हरिपुर्वा नगरपालिका–३, धन्कौल बस्ने अन्दाजी ७५ बर्षका बृद्ध राजनारायण राय आफ्नै गोठमा मृत फेला परेका हुन् । घटना बुधवारका दिउसोको भएपनि प्रहरीले बिहिवार बिहान मात्र बाहिर ल्याएको हो । घटना शंकास्पद देखीएकोले तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । सूचना पाउने बित्तिकै प्रहरी टोली घटना स्थल पुगेको थियो ।

सवको प्रकृती शंकास्पद तथा टाउको पछाडि चोट देखिएपछि प्रहरी टोलीले शुष्म ढंगले अनुसन्धान सुरु गरेको जनाएको छ । हत्याको आशंका सहित अनुसन्धान सुरुगरेको प्रहरीले धनुषाको लालगढ स्थित प्रहरी गणबाट तालिम प्राप्त कुकुर मगाएको थियो । बुधवार दिउसो घटना स्थलको मुचुल्का तयार प्रारम्भिक अनुसन्धान गर्दागर्दै ढिला भए पछि प्रहरीले सव रातभरी घटना स्थलमै राखेको थियो । पुनः बिहिवार बिहानबाट मुचुल्का तयार गर्ने काम सुरु गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान सम्पन्न नभई घटनाको बिषयमा यसै भन्न सकिने अवस्था नरहेको डिएसपी पंजियारले जानकारी दिए । मृतक रायको घर गोठ एकान्त खेतको बिचमा रहेको प्रहरीले जनाएको छ । मुचुल्का पछि सव पक्षिणको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईने जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles