जितेश कुमार यादव, बलरा– सर्लाहीको बलरामा दुई दिने निशुल्क आँखा शिविर सुरु भएको छ ।
शिविरको बुधवार(आज) एक कार्यक्रममा विच बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहले उद्घाटन गरे । शिविर आज र भोली अर्थात पुस ११ र १२ गते बलरा नगरपालिका–९, प्राथमिक स्वास्थ्य चौकी अचलगढ प्रांगणमा सुरु भएको हो । शिविरमा परिक्षणको क्रममा फेला परेका मोतिया बिन्दुका विमारीको शल्यकृया समेत निशुल्क गरिने आयोजकले जनाएको छ ।
शिविरमा फेला परेका मोतिया बिन्दुका समस्या भएका विमारीको पुस १३ र १४ गते शल्यकृया गरिने तालिका छ । शिविरका तिलगंगा आँखा प्रतिष्ठान, अन्तरगतको हेटौडा सामुदायिक आँखा अस्पतालको चिकित्सकिय टोली खटिएका छन् । भने, स्थानीय स्वास्थ्यकर्मीको टोली समेत सहयोगमा जुटेका छन् । शिविर सुरु भए सगैँ स्थानीयको बाक्लो उपस्थिती देखिएको छ ।
बलरा नगरपालिकाको पहल तथा सहयोगमा भईरहेको शिविर मिलिजुली समाज नेपालको आयोजनामा संचालन गरिएको हो । शिविरमा उपचारका लागि आएका विमारीहरुलाई आवश्यक्ता अनुसार औषधी तथा चस्मा समेत निशुल्क वितरण गरिने नगरपालिका स्वास्थ्य शाखाले जनाएको हाम्रा सहकर्मी जितेश कुमार यादवले जनाकारी दिए ।