मलंगवा–सर्लाहीकाे मलंगवामा ‘समग्र विकास एवं सुशासनको लागि निष्ठा, योग र ध्यान’ बिषयक अन्तरकृया तथा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार मलंगवामा रहेको जिल्ला समन्वय समितिको सभाहलमा अन्तरकृया तथा अभिमुखीकरण सम्पन्न गरिएको हो । जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका अधिकांश पालिका प्रमुख, उपप्रमुख, प्रशासकिय प्रमुख लगाएतको उपस्थिती रहेको कार्यक्रम संचालक नापी कार्यलय प्रमुख सन्जय मानन्धरले जानकारी दिए।
अन्तरकृया कार्यक्रमका अधिकांश बक्ताहरुले योग र ध्यान आजकाे अपरिहार्य आवश्यक्ता बन्दै गएको बताए । योग र ध्यानलाई सम्पुर्ण पालिकाले गाउँ–गाउँमा संचालन गरेर नागरिकहरुलाई स्वस्थ राख्न मद्वत पुर्याउनु पर्नेमा सहभागिहरुको जोड थियो । कार्यक्रममा ईश्वरपुर, मलंगवा लगाएत पालिकाका प्रितिनिधिहरूले योग र ध्यानलाई नगरको समग्र विकासमा समेटिएको बताए ।
पहिला देखीने योग तथा ध्यान केन्द्रहरु संचालन गरेर नागरिकलाई स्वस्थ राख्ने कार्य गरिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यकाे भनाइ थियाे । आफ्नो पालिकामा समेत योग केन्द्र संचालनको लागि आवश्यक सहयोग तथा पहलकदमी गर्ने हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले कार्यक्रममा प्रतिबद्वता ब्यक्त गरिन् ।
कार्यक्रम पतंजली केन्द्रिय योग समितिका केन्द्रिय प्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमका सभाध्यक्ष जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंहले जानकारी दिए । कार्यक्रममा जिल्लाका विषयगत सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरुको समेत उपस्थिती रहेको अायाेजकले जनाएकाे हाे ।
सहभागिहरुलाई पतंजली योग समितिका केन्द्रिय प्रभारी लगाएतले अभिमुखीकरण प्रदान गरेका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए । कार्यक्रम पतंजली योग समिति केन्द्रिय कार्यालय र मलंगवा नगर कमिटिको समेत सहकार्य रहेको थियो ।
निष्ठा, योग र ध्यानका माध्यमबाट सामग्र विकास तथा सुशासन कसरी सम्भव छ ? भन्ने बिषयमा अन्तरकृया तथा चर्चा गरिएको आयोजकले जनाएको हो ।