गोडैता– सर्लाहीको गोडैतामा वडाध्यक्षको ब्यक्तीगत खर्चमा स्थानीयको निशुल्क स्वास्थ्य जाँच गरिएको छ ।
शनिवार गोडैता नगरपालिका–१२, मा वडाध्यक्ष केशव कुमारले निशुल्क शिविर आयोजना गरेका हुन् । । शिविरमा नगर भित्रका ४ सय ५० जना भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा ३ सयको हाराहारीमा महिला र १ सय ५० जना पुरुषले स्वास्थ्य परिक्षण गराईएको वडाध्यक्ष केशव कुमारले जनाकारी दिए ।
शिविरको गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले उद्घाटन गरेका थिए । शिविर उद्घाटन गर्दै मेयर यादवले वडाध्यक्षले गरेको कार्यको प्रशंसा समेत गरे । समाज सेवामा निकै सकृय वडाध्यक्ष कुमारले नागरिकले महंगो स्वास्थ्य सेवा लिन नसकेको भन्दै शिविर संचालन गरिएको दावी गरे ।
शिविरमा स्थानीय स्वास्थ्य संस्था लगाएका स्वास्थ्यकर्मी खटिएका चिकित्सक अनिल कापडले बताए । उनका अनुसार स्वास्थ्य जाँच पछि विमारीहरुलाई आवश्यक औषधी लगाएतका सामाग्री समेत निशुल्क प्रदान गरिएको थियो । शिविरमा चिसोबाट प्रभाविच बालबालिकाहरुलाई बाफ लगाउने काम समेत गरिएको चिकित्सकहरुको भनाई छ ।
निशुल्क स्वास्थ्य परिक्षण पछि विरामीहरुलाई २ लाख ५० हजार बराबरको औषधी वितरण गरिएको वडाध्यक्ष कुमारले बताए । शिविर उद्घाटन कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, सिमा सुरक्षा बल मधुवनीका सशस्त्र प्रहरी निरिक्षक नवीन देउजा, मधुवनी प्रहरी चौकीका सई संजय यादव, वडासदस्यहरु लगायत स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरुको समेत उपस्थिती रहेको थियो ।