Friday, February 23, 2024

पुरानाेचाैकीमा मोटरसाईकल दुर्घटना एकजनाको मृत्यु, दुई प्रहरी घाईते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित पुराेनाेचाैकीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने, दुई जना प्रहरी घाईते भएका छन् ।

शनिवार साझ पुर्व–पश्चिम राजमार्ग स्थित बागमती नगरपालिका–४, पुरानो चौकीमा भएको मोटरसाईकल दुर्घटनामा पहिचान नखुलेका अन्दाजी ३५ बर्षका एक यूवकको मृत्यु भएको हाे । दुई वटा मोटरसाईकल एक आपसमा ठोकिए पछि सडकमा लडेका यूवकलाई ना ७ ख १८ ३६ नम्बरको यात्रुवाहक बसले किचेको थियाे । मृतक यूवकको सनाखत गर्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

बसले किचेका यूवकको घटना स्थलमै ज्यान गएको प्रत्यक्षदर्शीको भनाई छ । मृतक यूवक मोटरसाईकलको पछाडि सवार रहेका र उनी सवार मोटरसाईकल चालक भने घटना लगतै फरार भएको स्थानीयले बताए । दुर्घटनामा परेको मध्य एउटा मोटरसाईकल ईलाका प्रहरी कार्यलय कर्मैयाका प्रहरी बरिष्ठ नायव निरिक्षक नारायण दाहाल र प्रहरी हवल्दार रामशरण न्यौपाने सवार रहेको खुलेको छ ।

घटनामा प्रहरी हवल्दार न्यौपानेको दायाँ खुट्टा भाच्चिएको अवस्थामा उपचारको लागि लालगढ अस्पताल रेफर गरिएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको हाे । प्रहरी बरिष्ठ नायव निरिक्षक दाहाल सामान्य घाईते भएका छन् । उनको बागमती स्थित मोडल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

प्रहरी बरिष्ठ नायव निरिक्षक दाहाल र प्रहरी हवल्दार न्यौपाने मोटरसाईकलमा फिल्ड गस्तीमा रहेका बेला दुर्घटनामा परेकाे जनाईएको छ । प्रहरीले दुर्घटनामा संलग्न तिनवटै सवारी नियन्त्रणमा लिएको छ । भने, मृतक यूवकको सव परिक्षणको लागि प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक अनिल गिरिले जानकारी दिए ।

प्रहरीले फरार रहेका भनिएका एकजना मोटरसाईकल चालकको समेत खोजी गरिरहेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles