Wednesday, February 21, 2024

माघे संक्रान्ती नजिकिय सगैँ किसानलाई तरुल खन्न भ्याई नभ्याई,

ताजा / भरखरै प्राप्त

सर्लाही–माघे संक्रान्ती नजिकिय सगैँ सर्लाहीको बागमतीका किसानहरुलाई तरुल खन्न भ्याइ नभ्याई भएको छ ।

यहाँका किसानहरुले पुसको पहिलो हप्ताबाटै तरुल खन्न सुरुगरेका छन् । तरुलको पर्वको रुपमा मनाईने माघे संक्रान्तीलाई लक्षित गरेर किसानहरुले धमाधम तरुल खन्न सुरु गरेको बताए । जिल्लाको बागमती र बरहथवा लगाएतका स्थानमा ठुलो मात्रामा तरुल खेती हुदै आएको छ । राम्रो उत्पादन तथा मुल्य समेत राम्रो पाईने भएपछि किसानहरु तरुल खेती तर्फ आकर्षित हुने गरेका छन् ।

तरुल लगाउने किसानहरुले अन्तर बालिको रुपमा मकै खोती समेत गर्ने गरेका छन् । अन्तरबाली मकैबाट समेत राम्रो फाईदाहुने गरेको किसानहरुको भनाई छ । किसानहरुले तरुलबाट मात्र प्रतिकठ्ठा १२ हजार देखी ३५ हजार सम्म आम्दानी गर्ने गरेको बागमती नगरपालिका–५, का किसान कर्ण बहादुर लामाले बताए । ५ कठ्ठा तरुल लगाएका उन्ले प्रतिकठ्ठा २० हजारको दरले बिक्री गरेको दावी गरे ।

तरुल राम्रो उत्पादन हुदा मुल्य पनि धेरै पाईने र सजिलै ठेक्का लाग्ने गरेको उन्को अनुभव छ । तरुल खन्ने सिजनमा ब्यापारीहरु गाडि लिएर खेत–खेतमै पुग्ने गर्छन् । तरुलको फलाई अनुसार प्रतिकठ्ठा १२ देखी ३५ हजार सम्म तिरेर आफैले खनेर लैजाने गरेका ब्यापारी बागमती नगरपालिका–५, का बाबुराम लामाले बताए । यहाँको तरुल ब्यापारीले स्थानीय बजार सगैँ काठमाण्डौ, पोखरा, बिराटनगर, हेटैडा लगाएतका मुख्य बजार सम्म पुर्याउने गरेका छन् ।

तरुल हलूगो र खुकुलो माटोमा राम्रो उत्पादन हुने गर्दछ । समय–समयमा मलखाद र पानी पाए प्रति कठ्ठा एक क्वीन्टल सम्म तरुल फल्ने बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल शाहीले जानकारी दिए । तरुलको बिशेष

बगरको तरुल खेतीबाट मनग्य आम्दानी
जिल्लाको बागमती नगरपालिका र बरहथवा नगरपालिकामा तरुल खेती हुदै आएको छ ।

बिशेष गरेर बागमती नगरपालिका स्थित बागमती बगर क्षेत्रमा किसानहरुले तरुल खेती गर्दै आएका छन् । यहाँ तरुलको ब्यवसायीक रुपमा उन्नत बिउ बिजनको ब्यवस्था छैन् । तर, पनि स्थानीयले आफैले फलाएको तरुललाई बिउको रुपमा प्रयोग गर्ने गरेका छन् । किसानले रातो र सेतो गरी दुई जातको तरुल उत्पादन गर्ने गरेको बताए ।

उपभोक्ताका अनुसार रातो तरुल खान मिठो हुने हुन्छ । तर, उत्पादन कम हुने भएकोले केही महंगोमा बिक्री हुन्छ । भने, सेतो तरुलको मागँ केही कम रहेकोले मुल्य समेत कमहुने गरेको ब्यापारीहरुको भनाई छ । खुकुलो माटो चाहिने भएकोले बलौटे माटो अर्थात बगरमा तरुलको उत्पादन राम्रो हुने गरेको कृषि प्राविधिक सुरज खनालले जानकारी दिए ।

विगतको बर्ष भन्दा तरुल उत्पादन कम हुदै गएको भएपनि बगरमा तरुल खेती सुन भएको बागमती नगरपालिका–६, का किसान राम पुकार रायले बताए । किसानहरुले तरुल फागुण चैत देखी जेठ अषाढ सम्म रोप्ने गर्छन् । तरुलको लागि थांग्रा अनिवार्य चाहिने भएकोले तरुल सगैँ मकै रोप्ने चलन छ । तर, मकै उम्रिनका लागि चिसो चाहिने भएकाले बर्षात भएपछि मात्र तरुल तथा मकै रोप्ने गरिन्छ ।

कहिले काँही सिजन घर्कियर बर्षात हुदा तरुल रोप्न समेत ढिला हुने र उत्पादन समेत कम हुने किसानहरुको गुनासो छ । सिंचाईको सुविधा नभएको बगरमा अन्य बाली नहुने र जंगली जनावरले समेत नोक्सान नगर्ने भएका कारण तरुल बगरको सुन बनेको स्थानीय किसान सोम बहादुर तामांले बताए । बागमती र बरहथवा नगरपालिका स्थित बगर क्षेत्रमा ५० विगाह क्षेत्रफलमा तरुल खेती हुदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

अन्य क्षेत्रमा समेत गरेर सर्लाहीमा बर्षेनी ७० देखी ८० विगाह क्षेत्रफलमा तरुल उत्पादन हुन्छ । किसानहरुले प्रति कठ्ठा ३ सय ५० किलोग्राम देखी हजार क्वीन्टल सम्म तरुल उत्पादन गर्ने गरेको पाहिएको छ । यसरी उत्पादन भएको तरुल किसानले प्रतिकिलो ३० देखी ४० रुपैया सम्ममा बिक्री वितरण गर्ने गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles