Wednesday, February 21, 2024

मगर चलिचत्रकर्मी संघकाे प्रथम प्रदेश भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

सिर्मिला रमाैली–मगर चलचित्रकर्मी संघ मधेश प्रदेशको प्रथम भेला सम्पन्न भएको छ ।

शनिवार बागमती नगरपालिका–१, मिलनचोक मगर गुम्बा परिसरमा भेला सम्पन्न गरेको संघले जनाएको हो । नेपाल मगर संघका केन्द्रिय सदस्य ललीमाया जर्गा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संघको १० सदस्य प्रदेश कमिटी समेत गठन गरेको जनाएको छ ।

संघको प्रदेश कमिटि अध्यक्षमा निर बहादुर दर्लामी मगर, उपाध्यक्षमा निशा थापा(एस्माली) मगर, कोषाध्यक्षमा राजन बहादुर पुलामी मगर, सचिवमा भक्त बहादुर आले मगर, सह–सचिवमा टंक बहादुर रखाल मगर, सदस्यहरुमा कमल पिठाकोटे मगर, भुपेन्द्र उम्रा मगर, यम बहादुर खपांगी मगर, तारा आले मगर, हेम कुमारी राना मगर चयन भएका छन् ।

यस्तै सोही भेलाले समितिको प्रमुख सल्लाहकारमा छल बहादुर रानामगरलाई चयन गरेको छ । कार्यक्रममा संघका पुर्व माध्यामअञ्चल उपाध्यक्ष नारायण खपांगी मगर, नेपाल मगर संघका मधेश प्रदेश महासचिव तेज नारायण आले मगर, पुर्व प्रदेश सदस्य जयन्ती आले, बाबु थापा, पुर्व बिद्यार्थी जिल्ला अध्यक्ष मोनिका आले लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालिका सर्मिला रमौलीले जानकारी दिईन् ।

मगर भाषाका चलचित्र निर्माण तथा यसको माध्यमबाट समाज रुपान्तरण सगैँ चलचित्रकर्मीहरुको हकहितका लागि कमिटि गठन गरिएको संघले जनाएका हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles