Friday, February 23, 2024

बागेश्वरी साकोसको ११ औँ साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा रहेको बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाले बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रवार औपचारिक कार्यक्रमका विच संस्थाको ११ औँ बार्षिक साधारण सभा सम्पन्न गरिएको संस्थाले जनाएको हो । संस्थाको प्रांगण बागमती नगरपालिका–१२, कर्मैयामा बागमती उद्यमशिल कृषि उद्धारक कृषि सहकारी संस्थाका अध्यक्ष भिमसेन थापाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको हो ।

संस्थाले गत आर्थिक बर्षमा २ करोड ९६ लाख ५ हजार २७ रुपैया ९१ पैसा बराबरको कुल कारोवार गरेको थियो । त्यसबाट १४ लाख २९ हजार ३ सय ८२ रुपैया १९ पैसा बराबरको मुनाफा आर्जन गरेको लेखा परिक्षण प्रतिबेदन सभा समक्ष प्रस्तुत गरिएको थियो । उक्त मुनाफाबाट संस्थाले ७.१९ प्रतिशतका दरले शेयर लाभांस बितरण गर्ने निर्णय गरेको संस्थाकी ब्यवस्थापक सुभद्रा पाण्डेले जानकारी दिईन् ।

संस्थाका अध्यक्ष देव कुमार कर्मचार्यको अध्यक्षतामा सम्पन्न सभामा आम जनता पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज दिपक कुमार रानाभाट, बागमती बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक देव कृष्ण खड्का, शिक्षासेवी कामदेव चौधरी, ईलाका प्रहरी कार्यलय कर्मैयाका वरिष्ठ सई नारायण दहाल लगाएतको आतिथ्ता रहेको थियो । संस्थाले बागमती–११ र १२ मा सेवा वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles