Monday, December 2, 2024

बागमतीमा लैंङ्गिक हिंसा बिरुद्ध अभियान समापन

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा नगर स्तरिय लैंङ्गिक हिंसा बिरुद्धको अभियान समापन गरिएको छ ।

बागमती नगरपालिका सभाहलमा एक कार्यक्रमको आयोजना गरेर अभियान समापन गरिएको नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको हो । नोभेम्बर २५ तारिखमा आरम्भ भएको १६ दिने लैंङ्गिक हिंसा बिरुद्धको अभियान आज समापन भएको पालिका महिला तथा बालबालिका शाखाकी सास्ता ढुंगेलले जानकारी दिईन ।

जिल्ला सरकारी वकिलको कार्यलय सर्लाहीका प्रमुख कैलाश दहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरक्षेत्रका अगुवा महिलाहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई महान्यायाधिवक्ता दहालले लैंङ्गिक हिंसा, यसले समाजमा पारेको असर तथा यसमा संलग्नलाई कानुले गर्ने दण्ड सजायको बिषयमा समेत चर्चा गरेका थिए ।

यस अगी अभियान अन्तरगत विभिन्न वडामा पुगेर स्थानीय क्लव तथा महिला समुह, बालबालिकाको समेत सहभागितामा र्याली तथा अन्तरकृया कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगरका प्रतिनिधि स्वयमसेविका लगाएतको सहभागिता रहेको आयोजकले जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दे उपमेयर लिला कुमारी मोक्तानले नगरपालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताईन् ।

यस बर्ष ‘लैंङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ मनाईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles