Monday, October 7, 2024

बागमतीमा महिला प्रजन्न स्वास्थ्य सम्बन्धी तिन दिने शिविर सुरु, पहिलो दिन २५१ जनाको स्वास्थ्य जाँच

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, बागमती–सर्लाहीको बागमतीमा महिला प्रजन्न स्वास्थ्य सम्बन्धी तिन दिने शिविर सुरु भएको छ ।

बागमती नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा रिप्ल् नेपाल चितवन, सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधि सहयोगमा शिविर सुरु भएको हो । शिविरको आईतवार प्रमुख अतिथि बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले उद्घाटन गरिन् । शिविर आईतवार, सोमबार र मंगलवार गरी तिन दिन फरक–फरक स्थानमा संचालन गरिने भएको छ ।

शिविरमा महिला प्रजन्न सम्बन्धी ९ किसिमका परिक्षण तथा उपचार हुने रिप्ल् नेपालले जनाएको हो । शिविरमा पाठघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोसगको पहिचान तथा उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श र सल्यकृया, स्त्री रोगको सम्बन्धी परिक्षण(पाठेघरको जाँच) र परामर्श, पाठेघरको मुखको परिक्षण, थरमोकुगुलेशन, फिस्टुलाको शल्यकृया तथा महिला सम्बन्धी सम्पुर्ण रोगको उपचार सेवा प्रदान गरिएको छ ।

पहिलो दिन बागमती नगरपालिका–५, शंकरपुर सोल्टी स्थित जनता नमुना माद्यामिक बिद्यालयमा शिविर संचालन भएको थियो । शिविरमा २ सय ५१ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । त्यस मध्य १६ जनाको थरमोकुगुलेशन थोरापी गरिएको छ । भने, ७ जनालाई रिङपेसरी राखिएको छ । शिविरमा पहिलो, दोस्रो र तेस्रो चरणमा पुगेका पाठेघर खस्ने समस्याका विमारी १५, शल्यकृया गर्नु पर्ने विमारी ३ जना फेला परेका छन् ।

यस्तै १ सय ८० जनामा भिआईए पोजेटिभ देखीको छ । प्रजन्न सम्बन्धी समस्या भएका विमारीको संख्या १ सय ३१ फेला परेका थिए । भने, स्कृनिङको क्रममा सम्भावित क्यान्सर जोखिम भएका विमारी १६ जना फेला परेका चिकित्सकले जनाएका छन् । शिविरमा निशुल्क उपचार सगैँ आवश्क औषधी समेत वितरण गरिएको थियो । महिला सम्बन्धी स्वास्थ्य समस्या धेरै लुकाईने भएकाले पनि शिविरको आयोजना गरिएको बागमती नगरपालिकाकी उपमेयर मोक्तानले जानकारी दिईन् ।

शिविर अन्तरगत सोमबार बागमती नगरपालिका–४, जनज्योती आधारभुत बिद्यालय प्रांगणमा शिविर संचालन हुने भएको छ । भने, मंगलवार बागमती नगरपालिका–२, स्थित श्री जनबालकल्याण माध्यामिक बिद्यालय धरहरामा शिविर संचालन हुने बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक रायमाझीले जानकारी दिए । शिविरमा उपस्थित भई स्वास्थ्य शिविर लिन नगरपालिका स्वास्थ्य शाखाले सम्पुर्णमा अनुरोध समेत गरेको छ ।

शिविर उद्घाटन समारोहमा बागमती नगरपालिका–५, का वडाध्यक्ष कृष्ण बहादुर वाईबा, जनता नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक लोकनाथ दहाल, बागमती नगरपालिका स्वास्थ्य शाखाका मदन चौधरी रिप्ल् नेपालका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles