Wednesday, February 21, 2024

बागमतीमा नगर स्तरिय गायन प्रतियाेगिता सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती- सर्लाहीकाे बागमती नगरपालिकामा नगर स्तरिय गायन प्रतियाेगिता सम्पन्न भएकाे छ ।

आईतवार एक कार्यक्रमका बिच बागमती नगरपालिका-५, राजघाटमा रहेकाे जनता माध्यमिक बिध्यालय प्रांगणमा प्रतियाेगिता सम्पन्न गरिएकाे हाे । बागमती नगरपालिका शिक्षा शााखाकाे आयाेजनामा सम्पन्न प्रतियाेगितामा संगितकार तथा गाएक प्रदिप बम्जन र गायिका शिवानी माेक्तान निर्णायक रहेका थिए ।

नगर शिक्षा शाखाकाे बार्षिक क्यालेण्डर अनुसार नगरका ७ वटा बिध्यालयका छात्र र छात्रा एक/एक जना गरी प्रतेक बिध्यालयबाट दुई/दुई जनाका दरले १४ जना छात्र छात्रा सहभागी भएका जनता नमुना माध्यमिक बिध्यालय राजघाटका प्रधानाध्यापक लाेकनाथ दहालले बताए । उनीहरूले बालगित गायका नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।

प्रतिस्पर्धामा सहभागी मध्य महेन्द्र जनता माध्यामिक बिध्यालयका छात्र एस्मिन श्रेष्ठ पहिलाे, जनता नमुना माध्यामिक बिध्यालयकी छात्रा रजिसा मिरिङचिङ दाेस्राे र नव जन जागरण माध्यामिक बिध्यालयका छात्र सुदिप कुमार महताे तेस्राे भए । उत्कृष्ठ तिनै जनालाई कार्यक्रमकी प्रमुख अतिथि नगरपालिकाकी उपमेयर लिला कुमारी माेक्तानले एक/एक थान गिटार, शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिन ।

जनता नमुना माध्यमिक बिध्यालय राजघाटका बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार तुम्सिङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्याय, राष्ट्रय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरे, विभिन्न वडाका वडाध्क्षहरू, प्रधानाध्यापक लगाएतकाे आतिथ्यता रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles